• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ अषाढ १, आईतबार (३ हफ्ता अघि)
    gandaki-province_1618469681

    Advertisement

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट ल्याउने भएको छ । प्रदेशले ल्याउने यो नवौं बजेट हो । यसपालि सुधारिएको बजेट आउने आशा गरिए पनि अघिल्ला वर्षझैं सांसदकै चिर्कटोकै भरमा बजेट बनाइएको छ । नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बन्दा सत्तापक्षमै धेरै सांसद भएकाले उनीहरुकै मागलाई थामथुम पार्ने गरी बजेट आउन लागेको छ ।प्रदेश सभाको दोस्रो कार्यकालमा अहिलेसम्म ४ पटक सरकार फेरबदल भए पनि बजेट बनाउने अवसर भने कांग्रेस नेतृत्वको सरकारलाई मिलेको छ । यसअघिका २ वटा बजेट सरकार फेरबदलकै चपेटामा परेका भए पनि यसपालि भने सरकारलाई फुर्सद थियो । प्रदेश सरकारका एक सचिवका अनुसार फुर्सद अनुसार बजेटमा जति मेहनत हुनुपथ्र्यो, त्यति भएन । नीति तथा कार्यक्रमले प्रदेशका गौरव र ठूला योजनाका बारेमा प्रष्ट नबोलेकाले पनि आगामी वर्षको बजेट बितरिएको आउने सत्तापक्षकै सांसदहरुले बताएका छन् । एक सांसदले भने, ‘सांसदहरुलाई मन्त्रालयपिच्छे सिलिङ तोकेर दिइएको छ, तर हाम्रा निर्वाचन क्षेत्रबाट आएका योजनाका चाप थेग्न हामीलाई नै सकस परेको छ ।’

    आगामी बजेटका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई १० लाखदेखि २ करोड ५० लाखसम्म र समानुपातिकलाई त्यसको आधा रकम बराबरको ‘सिलिङ’ दिइएको छ । भौतिक पूर्वाधार, ऊर्जा, सामाजिक विकास, पर्यटन, उद्योग, वन मन्त्रालयमार्फत् सांसदहरुलाई योजना बाँडिएको छ ।

    सत्ता पक्षका प्रत्यक्ष निर्वाचित सांसदले ५ वटा मन्त्रालयमार्फत् ४ करोड २० लाख र समानुपातिकले २ करोड ३५ लाख रुपैयाँ बराबरको योजना पाउने छन् । ६० सदस्यीय प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिक २४ सांसद छन् । तीमध्ये मनाङबाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) निलम्बनमा छन् । सत्तापक्षकै समानुपातिक सांसदलाई १ करोड ५० लाख रुपैयाँको सिलिङ तोकिएको छ । प्रतिपक्षी दलका सांसदका हकमा भने प्रत्यक्षलाई २ करोड र समानुपातिकलाई १ करोडसम्मको योजना सिफारिस गर्न भनिएको थियो । मुख्यमन्त्री र मन्त्रीका पहुँचका आधारमा भने केही सांसदले थप योजना समेत पारेका छन् ।

    ऊर्जा तथा खानेपानी मन्त्रालयबाट सांसदले ५० लाखसम्मका योजना सिफारिस गर्न पाउने छन् । सामाजिक विकास मन्त्रालयबाट प्रत्यक्ष सांसदले ३० लाख र समानुपातिकले १५ लाखसम्मको योजना पाउने छन् । उद्योग मन्त्रालयमा प्रत्यक्ष सांसदका लागि ८० लाख र वन मन्त्रालयमा १० लाख रुपैयाँसम्मको ‘सिलिङ’ छ । प्रदेश सरकारले पूर्वाधार विकास तर्फ ५० लाख, खानेपानी तथा ऊर्जातर्फ १० लाख र सामाजिक विकास र पर्यटन मन्त्रालयमा ५ लाख भन्दा कम रकमको योजना नराख्ने बताएको छ ।

    बजेट ३२ अर्ब ७७ करोड आसपासमा
    संघ र प्रदेशको आम्दानी घटेसँगै गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट खुम्चिने भनिए पनि योजनाकै चापका कारण चालु आवकै हाराहारीमा आउनेभएको छ । प्रदेश स्रोत अनुमान समितिले चालु वर्षको तुलनामा आगामी वर्षको बजेट साढे ३ अर्ब रुपैयाँले घट्ने प्रक्षेपण गरेको थियो । समितिले आर्थिक वर्ष २०८२÷८३ का लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेको थियो । तर अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेट बजेट ३२ अर्ब ७७ करोड आसपासमा आउँदैछ ।

    समितिका संयोजक तथा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले आगामी ३ वर्षका लागि स्रोत अनुमान तयार गरेर बजेटको अधिकतम सीमा निर्धारण गरिएको बताएका थिए । समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८३÷८४ मा ३० अर्ब ९३ करोड र २०८४÷८५ मा ३२ अर्ब ६३ करोड रुपैयाँको बजेट सीमित गर्न सुझाव दिइएको छ । चालु आर्थिक वर्षका लागि सरकारद्वारा ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।

    समितिले आगामी वर्षदेखि ‘आन्तरिक ऋण’ शीर्षक अन्तर्गत बजेटको व्यवस्था नगर्न पनि सिफारिस गरेको छ । चालु आवमा १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट संकलन गर्ने लक्ष्य राखिएको थियो । तर आन्तरिक ऋण उठाउन प्रदेशले कानुन प्रबन्ध नै गरेको छैन । तर बजेटको चापका कारण आगामी बजेटमा पनि आन्तरिक ऋण समावेश गर्न लागिएको छ ।

    जेठसम्मको खर्च ५० प्रतिशत नि छैन

    यसैबीच चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा गण्डकी सरकारको बजेट खर्च ५० प्रतिशत पनि पुगेको छैन । ३२ अर्ब ९७ करोडको बजेटमध्ये जेठ मसान्तसम्म जम्मा ४७.५ प्रतिशत मात्रै खर्च भएको छ । तर गत वर्षको तुलनामा भने यो खर्च केही बढी हो । गत वर्ष जेठसम्म ४५.४७ प्रतिशत मात्र खर्च भएको थियो । पुजीगततर्फका काम सकिए पनि भुक्तानी प्रक्रिया बाँकी रहेकाले असारमा खर्चको चाप बढी देखिन्छ । चालु प्रकृतिका कामका लागि भने आर्थिक वर्षको अन्त्य नै कुर्ने प्रचलनले पनि अन्तिम महिनामा धेरै खर्च देखिने गरेको छ ।

    सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयले १२ अर्ब ७० करोड बजेटमध्ये ६ अर्ब ४० करोड अर्थात् करिब ५० प्रतिशत मात्र खर्च गरेको छ । ऊर्जा मन्त्रालयको बजेट खर्च भने सबैभन्दा राम्रो छ । ४ अर्ब २ करोडको बजेटमध्ये ५९.४ प्रतिशत अर्थात् २ अर्ब ४७ करोड खर्च भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ९७ करोडको बजेटमध्ये ३६ प्रतिशत मात्रै खर्च गरेको छ । अर्थ मन्त्रालयले १७ करोडमध्ये ३५ प्रतिशत खर्च गरेको छ । कृषि मन्त्रालयले २ अर्ब १० करोडमध्ये ४६.५ प्रतिशत, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयहरुले ५ अर्ब ५० करोडमध्ये ४८.९ प्रतिशत खर्च गरेका छन् ।

    गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङका अनुसार चालु आवको अन्त्यसम्म ७० प्रतिशत बजेट खर्च हुने अपेक्षा गरिएको बताए । ‘गत वर्षको अनुभव, राजनीतिक स्थायित्व र कार्यविधि परिमार्जनले खर्च बढ्ने देखिन्छ,’ मन्त्री गुरुङले भने । अर्को यथार्थ के छ भने ७० प्रतिशतभन्दा बढी खर्च भयो भने सरकारले भुक्तानी दिनै सक्दैन । किनभने गण्डकीको सामथ्र्यभन्दा बर्सेनि करिब १० अर्ब बढीको बजेट बन्दै आएको छ । आन्तरिक आम्दानी बढाउन नसक्नु, आन्तरिक ऋण उठाउने प्रबन्ध नहुनु, संघीय अनुदान बर्सेनि घट्दै जाँदा प्रदेश सरकारमाथि आर्थिक चाप चुलिँदो छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution