• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ कार्तिक ९, आईतबार (१० महिना अघि)
    maulakali_kwVh3MvXik-400x220

    Advertisement

    चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली केबुलकारको बटम (तल्लो) स्टेसनमा जेनजी आन्दोलनकारीका क्रममा भएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड बराबरको क्षति भएको छ । गत भदौ २४ गते साँझ जेनजी प्रदर्शनकारीले गैंडाकोट नगरपालिका–१ मा रहेको केबुलकारको बटम स्टेसनमा तोडफोड र आगजनी गरेका थिए ।

    आगजनीबाट क्षति पुगेको स्टेसनको मर्मतको काम भैरहेको स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । स्टेसनमा अहिले टायल, मार्बल, रङरोगनको काम भैरहेको छ । आगजनीका कारण भदौ २४ गतेदेखि बन्द रहेको केबुलकार कात्तिकभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए ।

    ‘केबुलकारको मुख्य स्टेसनमा आगो लाग्दा महत्वपूर्ण केबुलहरु नै जलेर नष्ट भएका छन्, सेन्सरहरु बिग्रिएका छन्,’ उनले भने, `बाहिरबाट झट्ट हेर्दा धेरै क्षति नभएको जस्तो देखिए पनि झन्डै ७० करोड बराबरको क्षति भएको अनुमान छ ।’

    सामानहरु महँगो पर्ने र विदेशबाट ल्याउनुपर्ने भएकाले सञ्चालनमा ढिलाइ भएको छ । अस्ट्रियाबाट सामान सहित प्राविधिक आएर जाँच गरी नयाँ सामान फेरेपछि मात्रै सञ्चालनमा आउने पौडेलले बताए । कात्तिक १३/१४ गतेतिर प्राविधिकहरू आउने र उनीहरूले गर्ने सिफारिसका आधारमा सामान फेरेर केबुलकार सञ्चालनमा ल्याउने उनले बताए ।

    जेनजी आन्दोलनकारीले स्टेसनमा रहेको टिकट काउन्टर, स्टेसन इन्चार्जको कार्यालय, क्याफे, कन्ट्रोल रुम लगायत क्षेत्रमा आगजनी गरेका थिए ।

    ‘त्यसदिन साढे ६ बजेतिर एक हुल मानिस आएर अगाडि राखेका गाडी, जेनेरेटरमा आगो लगाए, सिसा फुटाउन थाले, कोही भित्र पसेर तोडफोड सुरु गरे, आगो लगाउन थाले, प्रहरी आउन सक्ने अवस्था थिएन, स्टेसनको अगाडि रहेको ग्लोबल आईएमई बैंकको एटीएम लैजान खोजे, दुई तीन पटकसम्म आए,’ स्टेसन म्यानेजर पौडेलले भने, ‘छेकेर छेक्ने अवस्था नै थिएन, प्रहरीलाई खबर गरे पनि आउने अवस्था रहेन, को आगो लगाउने हो, को रमिते हो, को लुटपाट गर्न आएको हो थाहै नहुने अवस्था थियो ।’

    पौडेलले आफूहरूसँग कुनै माग वा असन्तुष्टि केही थियो जस्तो नलागेको तर एकाएक किन आगो लगाइयो भन्नेबारे अहिलेसम्म थाहा नपाएको बताए ।

    बाहिरबाट झट्ट हेर्दा खासै केही नभएजस्तो देखिए पनि धेरै कामहरु सेन्सरबाट हुने भएकाले अत्याधिक तातोका कारण ती सबै प्रणाली बिग्रिएको उनले बताए ।

    ‘ड्राइभ स्टेसन ठिकै देखिए पनि भित्र धेरै क्षति भएको छ, सामानहरू बिग्रिएका छन्, केही सामान चोरेर पनि लगे, केही सामान यहीँ जले,’ पौडेलले भने, ‘झन्डै साढे ३ घण्टासम्म स्टेसनमा आगो लाग्यो, यो सबै दृश्य हेरेर बस्नुपर्ने दु:खद क्षण आयो, आगजनी गर्ने मानिसहरू गएपछि हामी ८ जनाजति स्टाफले केही पानी हालेर निभायौं ।’

    पवित्र धार्मिकस्थल मौलाकाली मन्दिर दर्शन गर्न जाने झन्डै ५० प्रतिशत भक्तजन केबुलकारबाट नै मन्दिर जाने गरेका थिए । भक्तजनको भिड हुने सबैभन्दा पिक समय नै यही बेला हो ।

    दशैं र तिहार जस्ता ठूला पर्वमा केबुलकार चढेर भक्तजन मौलाकाली माताको दर्शन गर्न जाने गर्दथे । ‘६० हजारभन्दा बढी यात्रु यही समयमा केबुलकारबाट मन्दिरमा पुगेको अघिल्लो वर्षको तथ्यांक छ,’ स्टेसन प्रमुख पौडेल भन्छन्, ‘यही समयमा केबुलकार नचल्दा ठूलो व्यावसायिक क्षति बेहाेर्नुपरेको छ ।’

    केबुलकार नै बन्द भएपछि मौलाकाली मन्दिर नजिकै रहेको होटलको व्यवसायमा समेत असर गरेको छ । होटलको अकुपेन्सी दर निकै घटेको  छ । होटल र केबुलकारमा गरेर १ सयभन्दा बढीले रोजगारी पाएका छन् । तीमध्ये अधिकांश स्थानीय छन् । अहिले उनीहरू कामविहीन छन् ।

    २०८० वैशाख १८ देखि औपचारिक सुरुवात भएको मौलाकाली केबुलकारमा त्यस वर्ष २ लाख ७० हजार र २०८१ मा २ लाख ३५ हजारले यात्रा गरेको पाइएको छ ।

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केबुलकार बनेपछि मन्दिर आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले बढेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution