• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शरीरिक असन्तुलनले मेरुदण्डसम्बन्धी राेग निम्त्याउँछ, दुख्नुको कारण , समस्याको सामाधान ..

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २०, शुक्रबार (५ साल अघि)
    BACK DHAD

    Advertisement

    मेरुदण्ड आफैंमा शरीरको खम्बा हो। यसमा असर परे शरीरका अन्य भागमा पनि असर पर्छ। मेरुदण्डमा चोट या रोग लागेमा कस्तो असर पर्छ ? किन मेरुदण्डमा रोग बढिरहेको छ ? यस विषयमा राष्ट्रिय ट्रमा सेन्टरका स्पाइनल रोग विशेषज्ञ डा. गौरव ढकालसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानी:

    चिकित्सा क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?
    – १५ वर्ष भयो। पहिला हाडजोर्नी सर्जनको रूपमा काम गरें। पछि आएर स्पानइनल सर्जनका रूपमा मात्र काम गर्न थालेको पाँच वर्ष भयो।
    मेरुदण्ड भनेको के हो ?
    – गर्धनदेखि कम्मरमाथिसम्मको भागलाई मेरुदण्ड भनिन्छ। मेरुदण्डले शरीरलाई उभिन सहयोग गर्छ। यसमा जोडिएका नसा शरीरका विभिन्न भागमा पुगेका हुन्छन्। यो कारणले मेरुदण्डमा समस्या आउनेबित्तिकै अन्य भागमा पनि असर पर्छ।

    यो अंगमा कस्ता रोगहरू देखिन्छन् ?
    – मुख्य रूपपा गर्धन र ढाड दुख्ने समस्या बढी देखिन्छ। गर्धन र ढाड मेरुदण्डकै अंग हुन्।

    मेरुदण्डमा कुनै पनि समस्या आयो भने कि ढाड दुख्छ कि गर्धन दुख्छ। दुखाइ फैलिएर हात र खुट्टामा पुग्छ। त्यसपछि हात र खुट्टामा कमजोरीपन बढ्दै जान्छ।
    कस्ता मानिसमा यो समस्या देखिन्छ ?
    – महिला या पुरुष जसले शरीरलाई असन्तुलित हुने गरी जीवनशैली अपनाउँछन्, उनीहरूको मेरुदण्डमा यो रोग लागेको देखिन्छ। आजभोलि आधुनिक तथा सहरी जीवनशैलीका कारण मेरुदण्डको रोग बढेको पाइन्छ। लामो समयसम्म कार्यालयमा बसेर काम गर्ने तथा सेनाप्रहरी जो उठेर काम गर्छन्, त्यस्ता व्यक्तिलाई मेरुदण्डको रोग बढी लागेको देखिन्छ। नियमित निहुरेर काम गर्ने गृहिणीमा पनि यो समस्या बढी देखिन्छ। पछिल्लो समय यो समस्या विद्यार्थीमा समेत देखिएको छ। कारण उनीहरू खेल्नुको सट्टा स्कुलदेखि घरसम्म बसेर गर्ने क्रियाकलाप बढी भएकाले हो।

    किन यी समूहमा यो समस्या बढी देखिन्छ ?
    – मेरुदण्डलाई स्वस्थ राख्न हाम्रो जीवनशैलीको ठूलो भूमिका हुन्छ। पछिल्लो समय हाम्रो जीवनशैली ढाडको स्वास्थ्यविपरीत विकसित भएको छ। लामो समयसम्म मेरुदण्डको प्राकृतिक अवस्थाविपरीत बस्दा, उभिँदा र निहुरिँदा मेरुदण्डका विभिन्न भागका मांसपेशी कमजोर भएर जान्छन् र दुख्न थाल्छन्।

    मेरुदण्डमा कुन कुन रोग लाग्छन् ?
    –यो ट्रमा सेन्टरमा मेरुदण्डको रोग लिएर धेरै आउँछन्। पहिलो नम्बरमा मेरुदण्ड भाँचिएर, दोस्रोमा उमेरको कारणले मेरुदण्डका नसा साँघुरिने र नसा च्यापिने जस्ता समस्या लिएर, तेस्रोमा मेरुदण्डको क्यान्सर हुने र चौथोमा ढाड या मेरुदण्ड बांगिएको जस्ता रोग लिएर आउने गरेका छन्। तर अहिले गर्धन र ढाड दुखेका बिरामी धेरै आउँछन्।

    गर्धन र ढाड दुख्ने कारण केहो ?

    –कारण धेरै हुन्छन्। तर मुख्य कारण हाम्रो जीवनशैली नमिलेर हो। हाम्रो पेशा, जीवनशैली र शारीरिक व्यायाम नहुँदा गर्धन र ढाडमा बढी समस्या आउँछ। यी दुवै अंग मेरुदण्डकै भाग हुन्।

    मेरुदण्ड दुखिरहेमा देखिने समस्या के के हुन् ?
    – मुख्य त दुखाइ बढी हुन्छ। सुरुमै यसमा सुधार ल्याउन सकिएन भने क्रोनिक (पुरानो दुखाइ) मा परिवर्तन हुन्छ र दुखाइमा पुग्छ। जसले यो दुखाइ भोग्छन्, उनीहरू आफ्नो दैनिकीमा केन्द्रित हुन सक्दैनन्। यतिसम्म कि दुखाइको कारण नियमति कामसमेत बन्द गर्नुपर्ने अवस्था आउँछ।

    त्यो भाग दुख्नुको कारण के त ?

    – त्यो भागको मांसपेशी कमजोर भएकाले दुखाइ भएको हो। यो रोगको रोकथाम गर्न सकिन्छ। त्यो मांसपेशीलाई शारीरिक व्यायाम गरेर सामान्य अवस्थामा फर्काउन पनि सकिन्छ। तर नसा च्यापिने, ढाड भाँचिने, मेरुदण्डमा क्यान्सर हुने जस्ता रोगको रोकथाम गर्न सकिँदैन।

    मेरुदण्डको नसा कसरी च्यापिन्छ ?
    – मेरुदण्डको नसा दुई प्रकारले च्यापिन्छ। एक त नसाको प्वाल नै साँघुरिन्छ। उमेर बढ्दै जाँदा मेरुदण्डको हड्डी र कुर्कुरे हड्डीको मात्रा बढी हुन जान्छ र यो हड्डीको वृद्धि पनि हुन्छ। अर्को डिस्को ल्याप्स हुँदा पनि नसा च्यापिन्छ। विशेष गरी कम्मर र गर्धनको नसा च्यापिन्छ।

    मेरुदण्ड कसरी बांगिन्छ ?
    – यो दुई तरिकाले बांगिन्छ। एउटा जन्मजात वा वंशाणुगत कारण र अर्को हुर्किंदै गर्दा बांगिँदै जाने समस्या हुन्छ। तर किन बांगिन्छ भन्ने विषयमा खास कारण पत्ता लाग्न सकेको छैन।

    मेरुदण्डमा कस्तो अवस्थामा चाहिं चोट लाग्छ ?
    – नेपालमा गरिएको अनुसन्धानअनुसार एउटा सडक दुर्घटना र अर्को रूख वा भिरबाट लडेर मेरुदण्डमा चोट लागेको देखिन्छ। विदेशमा चाहिँ सडक दुर्घटनाको कारण मेरुदण्डमा बढी चोट लाग्ने गरेको छ।

    मेरुदण्डको क्यान्सर कसरी हुन्छ ?

    – एउटा क्यान्सरचाहिँ मेरुदण्डबाटै उत्पन्न हुन्छ। यो प्राथमिक क्यान्सर हो र कम हुन्छ। अर्को अन्य ठाउँबाट मेरुदण्डमा आउने हुन्छ। यो चाहिँ पेटको क्यान्सर, फोक्सो, थाइराइड, स्तन क्यान्सर, कलेजो तथा पेटको भएपछि फैलिएर मेरुदण्डमै पुग्छ। सामान्यतया यो क्यान्सर ४५ र ५० वर्षभन्दा माथिको उमेरमा देखिन्छ। लामो समयसम्म ढाड दुखिरह्यो भने गम्भीर कारणले पनि हुनसक्छ। त्यसकारण यसको दुखाइ रहिरह्यो भने हेलचेक्र्याइँ गर्नुहुँदैन। डाक्टरलाई देखाइ हाल्नुपर्छ।

    दुर्घटनाको कारण मेरुदण्डमा चोट लिएर आउने समस्या कत्तिको छ त ?

    – नेपालमा लडेर या दुर्घटना भएर ढाड भाँचिने धेरै छन्। यस्ता बिरामी अस्पतालको इमरजेन्सीमा आइपुग्छन्। यी बिरामी पनि धेरै छन्। तर अस्पतालको क्लिनिकमा चाहिँ ढाड र गर्धन दुखाइका बिरामी ९० प्रतिशतसम्म आउँछन्। यो क्लिनिकमा दैनिक ४० जना जति बिरामी आउँछन्।

    ढाड र गर्धनका बिरामी यो क्लिनिकमा कत्तिको आउँछन् ?
    – वर्षमा करिब ४ हजार जति स्पाइनल क्लिनिकमा ढाड र गर्धन दुखेका मात्र आउँछन्।

    यसरी दुख्नेमा कुन उमेर समूहका हुन्छन् ?

    – धेरैजसो ३५ वर्षमाथिका हुन्छन्।

    मेरुदण्डमा समस्या आयो भने कस्ता लक्षण देखिन्छन् ?

    – मेरुदण्डमा कुनै पनि समस्या आयो भने कि ढाड दुख्छ कि गर्धन दुख्छ। दुखाइ फैलिएर हात र खुट्टामा पुग्छ। त्यसपछि हात र खुट्टामा कमजोरीपन बढ्दै जान्छ।

    गर्धनबाट सुरु भएको दुखाइ हात र खुट्टामा कसरी पुग्छ ?

    – मेरुदण्डमा हात र खुट्टा चलाउने नसा हुन्छ। त्यसकारण मेरुदण्डमा नसा थिचियो भने हात र खुट्टामा फैलिन्छ। जस्तो कि ढाडको नसा च्यापियो भने खुट्टातिर जान्छ। गर्धनमा छ भने हाततिर जान्छ।

    मेरुदण्डलाई बलियो राख्न हाम्रो जीवनशैली कस्तो हुनुपर्छ ?

    – काम गर्ने शैली र ठाउँमा परिवर्तन गर्न आवश्यक छ। दैनिक न्यूनतम एक घण्टा दौडिने या पौडिने खालका व्यायाम गर्नुपर्छ। दोस्रो कुरा चुरोट पिउनु भएन। चुरोटले मेरुदण्डको रक्तसञ्चारमा कमी ल्याउँछ। चुरोटका नराम्रा तŒवहरू गएर मेरुदण्डलाई खिइने समस्या गराइदिन्छन्। लामो समयसम्म नबसिरहने, हरेक ४५ मिनेटपछि उठ्ने, सामान्य व्यायाम गर्ने, खसकेसम्म लामो यात्रामा मोटरसाइकल नलैजाने, गृहिणीले पनि निहुरेर काम नगर्ने र भारी कुरा नउठाउने। भिटामिन डी भएका खाना माछा, दूधजस्ता खानेकुरा बढी खानुपर्छ।

    नेपालमा मेरुदण्डमा लाग्ने रोगहरूको उपचारको अवस्था कस्तो छ ?
    – नेपालका मुख्य केन्द्रीय अस्पतालका साथै निजी अस्पतालमा यसको आधारभूत उपचार हुन्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि यसको उपचारको राम्रो व्यवस्था छ। पूर्ण उपचार भने राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा हुने गरेको छ। साथै बिएन्डबी अस्पतालले पनि सेवा दिइरहेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

  • वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

  • सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

  • वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution