कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्वले ६९ औं प्रजातन्त्र दिवश मनाउने भएको छ । सो दिवश मनाउनकालागि जिल्ला समारोह आयोजक समिती समेत गठन गरिएको छ । जिल्ला स्थीत सम्पुर्ण संघ संस्थाको सहभागिता रहने गरि जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा समारोह समिती गठन गरिएको हो । जिल्लामा आगामी फागुन ६,७,८ गते तिन दिन सम्म मनाईने छ । जस अन्तर्गत सरसफाई, सो तिनै दिन सांझ दिप प्रज्ज्वलन तथा दिपावली, संघसंस्थाहरुले स्वेच्छिक रचनात्मक कार्यक्रम संचालन गरिने जिल्ला समन्वय प्रमुख चेसराम आलेले जानकारी दिनुभयो । साथै सोहि अवशरमा फागुन ७ गते विहान ७ बजे कावासोती फलफुल चोकबाट कावासोती नगरपालिका कार्यालय सम्म प्रभातफेरी तथा पालिका कार्यालयमा प्रजातन्त्र विषयक प्रवचनको कार्यक्रम रहेको छ भने सोहि कार्यक्रम अन्तरगत फागुन ८ गते कावासोती नगरपालिकामा रहेका वृद्धाश्रममा खाद्य तथा आवश्यक सामग्री वितरणको कार्यक्रम हुने आयोजक समितिले जानकारी गराएको छ । प्रजातन्त्र दिवशको कार्यक्रममा सम्पुर्ण संघ सस्था, राजनैतिक दल, ब्यावसायीक प्रतिष्ठान, पत्रकार लगाएत नवलपुरवासी सम्पुर्णलाई सहभागीताका लागि समेत अनुरोध गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१