काठमाडौ। कर्तव्य ज्यान मुद्धामा रहेकी आमासँगै गुल्मी जिल्ला कारागारमा रहेकी ४ वर्षीया बालिकाले नर्सरीमा ९६ प्रतिशत अंक ल्याएकी छन् ।अघिल्लो वर्षको वैशाख १२ गते रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले हाडहाडेकी ३ वर्षकी बिपिका पुनको अभिभावकत्व ग्रहण गरी तम्घासको महेन्द्र नमूना माबिमा नर्सरी कक्षमा भर्ना गरिदिका थिए ।बिपीका वार्षिक परीक्षामा तृतीय स्थान प्राप्त गरेकी छन् । अहिले उनी ४ वर्षकी भइन् । बालिकाले राम्रो अंक ल्याएर उतीर्ण भएपछि मेयर भुसालले खुसी व्यक्त गरे ।
बालिकाको भविष्य र सपना सम्झेर अभिभाकत्व ग्रहण गरी विद्यालय भर्ना गरिदिएको भन्दै उनले बालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कारागारको अवस्था बुझ्ने क्रममा बालिकाले आमासँगै जेल जीवन विताइरहेको र शिक्षाबाट बञ्चित हुने अवस्था भएपछि भुसालले पढाइदिने जिम्मा लिएका थिए ।बालिकालाई कारागारबाटै विद्यालय आउने व्यावस्था मिलाइएको छ । बिपिकालाई कारागारका सुरक्षाकर्मी र कर्मचारीले दैनिक विद्यालय पुर्याउँछन् । साँझ क्षिक्षकहरुले कारागार पुर्याउँछन् ।उनको विद्यालय बाहेक अधिकाशं समय जिल्ला कारागारमै बित्छ । कारागार नै घर हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१