काठमाडौं। मनास्लु पदमार्गको सामागाउँ हुँदै मनाङको भीमथाङ–तिल्चे झरेका पर्यटकहरूले फोहोर संकलन गरेका छन्। जर्मनबाट मनास्लु क्षेत्र घुम्न आएका पर्यटकहरूले लार्केपास गरेपछि मनाङ झर्ने बाटोमा भेटिएका प्लास्टिकजन्य फोहोरहरू सरसफाइ गरेका हुन्।
१५ दिनको प्याकेजमा मनास्लु घुम्न आएका जर्मन नागरिक स्टेबलर लगायतको टोलीले पदमार्ग फोहोर भएको भन्दै फोहोर संकलन गरेको बताए। भीमथाङ आउनुभन्दा अघिदेखि नै फोहोर संकलन सुरु गरेको उनीहरूले फाल्ने ठाउँ नपाएर कोही आफैँले त कोही भरियालाई बोकाएर मनाङको धारापानी झारेका छन्। धारापानीमा उनीहरूले स्थानीय होटल व्रुयवसायीलाई उक्त फोहोर जिम्मा लगाए।
‘यति राम्रो हिमालको छेउमा यस्तो फोहोर सुहाएन,’ स्टेबलरले भने, ‘कुहिने फोहोर कुहिन्छ जान्छ। प्लास्टिक त कुहिँदैन। हिमालमा कति असर पुर्रुयाउला। त्यसैले हामीले टिपेर ल्याएको।’ उनीहरूले पदमार्गमा भेटिएको चाउचाउको खोल, पेय पदार्थका बोतललगायत प्लास्टिकजन्य फोहोर संकलन गरेका हुन्।
पदमार्गमा फोहोर व्रुयवस्थापन गर्ने ठाउँ नहुँदा यस्तो समस्या आएको मनाङका होटल व्रुयवसायी मनिराम गुरुङ बताउँछन्। अर्को लार्केपासबाट झरेर भीमथाङतिरको भेगमा मनास्लु संरक्षण क्षेत्र आयोजनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई र अन्नपूर्णले मनास्लुलाई देखाएर पदमार्ग सुधारलगायत फोहोर व्रुयवस्थापनको काम पनि सोचेअनुरूपको नभएको गुरुङ बताउँछन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१