धादिङ। नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले धादिङ बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले शुक्रवार एक विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।
सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।’
विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङ बन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।
हेर्नुस विज्ञप्ती :
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१