• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाँचथरमा ९ जनाको विभत्स हत्या: ससुरा र ज्वाँई दुबैको वंश नास सम्पूर्ण नाकाहरु शिल !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ७, मंगलबार (७ साल अघि)
    ggdsda-715x400

    Advertisement

    सम्पूर्ण नाकाहरु शिल, सीआईबीको टोली घटनास्थल तर्फ हानियो !पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनयोजित योजना ताप्लेजुङ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको घटना दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। त्यहिँ आधारमा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको पाँचथरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ।

    दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। हत्याको योजना बुन्नेले १० जनालाई मार्ने र दुबै परिवारको बंश नास गर्ने योजना बनाएको हुनसक्ने अनुमानमा प्रहरीले घटनाको अध्यन अगाडि बढाएको पाँचथर प्रहरीस्रोतले जानकारी दिएको छ।घटनास्थलमा प्रहरी पुगेपनि टेलिफोन राम्रोसँग सम्पर्क हुन नसकेकोले घटनाका बारेमा अझै बिस्तृत बिवरण आउन बाँकी छ।

    धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको घटनास्थलमा पुगेको प्रहरी र स्थानीयलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। कान्छो ज्वाँई र ससुराको अदालतमा मुद्दा समेत रहेको बुझिएको छ।काठमाडौँ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान गर्नको लागि केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबी पाँचथर प्रस्थान

    गरेको छ।घटनाको अनुसन्धान गर्नको लागि सीआईबीले एसपी उमा चतुर्वेदीको नेतृत्वमा टोलि खटाएको हो। एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृत सहितको टोलि त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ।यस्तै संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली समेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।अनुसन्धानको लागि प्रहरीले सम्पूर्ण नाकाहरु समेत शिल गरिसकेको छ। प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलमा जाने तयारीमा रहेको बताइएको छ।

    सोमबार राति अज्ञात समूहले धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।आक्रमणमा परी गम्भीर घाइते भएकी १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। प्रहरी समक्ष सीताले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको भन्दै बयान दिएकी छन्। अनुहार छापिने गरी मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको उनको बयान छ।अवस्था गम्भीर रहेको हुँदा सीतालाई प्रहरीको भ्यानमा राखेर उपचारको लागि फिदिम पुर्याइएको प्रहरीले जनाएको छ।

    हत्या भएका मध्ये धनराज शेर्मा बमबहादुर फियाकका ज्वाइँ हुन्।हत्या भएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution