कावासोती । उद्योग मन्त्री मातृका यादवले देशकै ठुलो फलाम खानी रहेको पूर्बि नवलपरासीको धौवादीमा अवलोकन गरेका छन् । शनिबार मन्त्री यादब सहितको टोलीले अवलोकन गरेको हो ।
खानीको अवलोकन गर्दै मन्त्री यादवले सामुहिक लगानीबाट फलाम खानी व्यावसायिक उत्पादन गर्ने सकिने बताएका छन् ।
देशकै ठुलो फलामखानी भएकोले यसको व्यावसायीक उत्पादनका लागि निजी क्षेत्र र सरकार दुबैको सहकार्यबाट काम गर्न सकिने उनले बताएका छन् ।
प्रतिनिधसभा सदस्य तिलक महत, नेकपा केन्द्रीय सदस्य किसन शर्मा सहित धौवादी पुगेका उद्योग मन्त्री यादवले सरकारले आगामी आर्थिक वर्षदेखि धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने बताएका छन् ।
उद्योग मन्त्री यादवले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल पार्न र आर्थिक समृद्धि विकास गर्न नवलपुरको धौवादीमा रहेको फलमखानीले पुरा गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१