कावासोती । १० लाख रुपैयाँ घुस लिएको आरोपमा इप्रका गैंडाकोटका इन्सपेक्टर पक्राउ परेका छन् । इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
गत बैशाख ११ गते गैंडाकोटमा भएको दुर्घटनामा उनले नक्कली चालक खडा गरेका थिए । व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । आफु जेलबाट बच्न उनले किसनु महतोलाई चालकका रुपमा खडा गरेका थिए । नक्कली चालक खडा गरेवापत उनले १० लाख रुपैयाँ लिएका थिए । यससम्बन्धि उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१