• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मनसुन प्रवेशपछि कुन जिल्लामा कति वर्षा हुँदैछ ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ६, शुक्रबार (६ साल अघि)
    wether

    Advertisement

    काठमाडौं। ढिलो गरी प्रवेश गरेको मनसुन नेपालभर फैलन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागबाट प्रवेश गरी क्रमश मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ ।

    कुल वर्षाको ८० प्रतिशत वर्षा चार महिनाको अवधिमा हुने कारण पनि यसको निकै महत्व रहेको छ । जेष्ठको अन्ततिर मनसुन नेपालमा प्रवेश गरी असोजको मध्यसम्म रहन्छ । महाशाखाका अनुसार यस वर्ष प्रदेश १, २, ३ र ५ को केही पश्चिमी भू—भागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान गरिएको छ ।

    पूर्वी र मध्य तराईका जिल्लाहरुमा यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान छ । तराईको धान फल्ने क्षेत्रमा औसत भन्दा कम वर्षा भए कृषि उत्पादनमा असर पर्न सक्छ ।

    कुन जिल्लामा कति वर्षा

    ६ असार देखि १२ असारसम्म देशभरका अधिकांश स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आउँदो मंगलबार र बुधबार पूर्वी र मध्य तराईका जिल्लाहरुमा भारी वर्षाको सम्भावना छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र महोत्तरीमा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना रहेको हो ।

    बारा, चितवन र रुपन्देहीमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बाँके र कैलालीमा आउँदो हप्तामा मेघगर्जनसहित वर्षाको सम्भावना छ । धनकुटामा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

    दोलखा, काभ्रे र धादिङमा भारी वर्षाको सम्भावना रहेको छ । कास्की, पाल्पा र रुकुममा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना छ ।
    दाङ, सुर्खेत र डोटीमा अबको हप्ता मध्यम वर्षाको सम्भावना छ । संखुवासभामा साताभरी मध्यम वर्षाको सम्भावना छ । हिमाली जिल्ला मुस्ताङमा हल्का वर्षा हुने अनुमानछ । जुम्ला र दार्चुलामा पनि आउँदो साता हल्का वर्षा हुने अनुमान गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution