
झापा। झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।
मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए ।
देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका दुई पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ शाखाका संस्थापक अध्यक्ष स्व देवदास श्रेष्ठको नाममा स्थापना गरिएको सो पुरस्कारबाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत भएका थिए ।
महासङ्घले आज देवदासको स्मृतिमा कार्यक्रम गरी जनही रु दश हजारसहित पुरस्कृत गरेको हो । सम्मानित हुुनेमा नागरिक दैनिकमा कार्यरत खतिवडा देवदास स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट र सौर्य दैनिकमा कार्यरत राउतलाई २०७५ बाट सम्मानित गरिएको हो । महासङ्घका संस्थापक अध्यक्ष श्रेष्ठको विसं २०६२ भदौ १६ गतेका दिन हृदयघात भई निधन भएको थियो । पुरस्कृत दुवै जनाले महासङ्घले निर्माण गर्न लागेको भवनका लागि हस्तान्तरण गर्नुभएको छ । लामाचौरमा सूचना केन्द्रसहित भवन निर्माण भइरहेको छ । सो रकम महासङ्घका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१