
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकाले जु’वाता’स खेल्नेमात्रै होइन हेर्नेलाई समेत जरिवाना गर्ने भएको छ। जु’वाता’स तथा घरेलु म’दिरा बिक्रीबितरण निरु’त्साहित गाउँपालिकाले यस्तो नियम बनाएको हो।
स्थानीय जागरण आमा समूहले तास खेल्ने, तास खेलेको हेर्ने र घरेलुम’दिरा उत्पादन गरी बिक्री गर्ने जोकोहीलाई ५ सय रुपियाँ जरि’वाना गर्ने निर्णय गरेको जनाएको छ। सोही निर्णय कार्यान्वयन गर्ने गरी प्रहरी चौकी, आमा समूह, वडा कार्यालय र टोल विकास संस्थाका पदाधिकारीले प्रतिवद्धता जनाएको वडा अध्यक्ष पेमा लामाले जानकारी दिइन् । उनका अनुसार मंगलबारको सर्वपक्षीय बैठकमा निर्णय कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।
जु’वाता’स, जाँ’डर’क्सी र कुरीतिविरुद्ध टोल विकास संस्था र आमा समूहलाई सक्रिय पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१