स्याङ्जा : शिलबन्दी बोलपत्र च्याती फ’रा’र भएका दुई युवालाई जिल्ला प्रहरी कार्यालयले प’क्रा’उ गरेको छ । फ’रा’र भएका चापाकोट नगरपालिका– ४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भनिने निर्मल रानालाई प’क्रा’उ गरी हि’रास’तमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
थापा र रानाले मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्या’तेको प्रहरीले जनाएको छ । मङ्गलबार बोलपत्र च्या’तेर फ’रा’र रहेका दुवैलाई प’क्रा’उ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१