हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी


काठमाडौं । मेची नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका छात्रामा मास हिस्टेरिया (कन्भजन डिसअर्डर) देखिन थालेको डेढ महिना बितिसकेको छ । तर शिक्षक र अभिभावक उनीहरुलाई डाक्टर कहाँ लैजानुको सट्टा विद्यालयमै धामी झाँक्री लगाइरहेका छन् ।

समस्या समाधानको लागि शिक्षक र विद्यार्थीका अभिभावकले झाँक्री माताको सल्लाह अनुसार विद्यालयमै पुराण लगाउने तयारी गरेका छन् । आफूलाई शक्तिशाली बताउने झाँक्री माताले विद्यालयमा भुत पसेको र देवी देवताले दु:ख दिएको कारण विद्यालयमा पुराण लगाउनैपर्ने बताएकी छन् ।

‘विद्यालयमा झुण्डिएर मान्छे मरेका रहेछन्, हेडसरको राम्रो योजना हुँदाहुँदै दुर्घटनामा बित्नुभएछ’ उनले सुझाव दिएकी छन्, ‘विद्यार्थीलाई हेडसरको आत्माले सताएको छ । स्कुलको उत्तरपट्टी देवीको थान छ । त्यहाँ फोहर बनाएको छ । सफा गरेर मन्दिर बनाइयाे भने निको हुन्छ । विद्यालयमा पुराण लगाए सब ठिक हुन्छ ।’ नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ
  • तटबन्ध निर्माण भारतले रोक्यो
  • गण्डकी संसदभित्रै यौनहिंसा
  • मन्त्रीमण्डल पुनर्गठन: प्रचण्डका बुहारीका विषयमा मिलेन कुरा, ओलीले राखे यस्तो सर्त
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution