गण्डकी संसदभित्रै यौनहिंसा


पोखरा । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । भण्डारीले भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ ।

तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् ।                                                                           अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास । नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास ।
  • विनयी खोलाबाट वार्षीक चार लाख २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution