२८ सय रुपैयाँमा किनेको कचौराले चम्कियो यी व्यक्तिको भाग्य


एजेन्सी । निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ। सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड (२८ सय रुपैयाँ) मा एउटा कचौरा किनेका थिए।

त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड (५७ लाखभन्दा बढी रुपैयाँ) मा पाए। चार इन्चको यो अद्भुत कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा थियो।

यो एक पर्यकटले चीनको एन्टिक शपमा २० पाउन्डमा किनेका थिए र त्यसलाई सोर्डर्स फाइन आर्ट अक्सनीयर्सले लिलामीमा राख्यो। कचौराको न्यूनतम बोली आठ हजार पाउन्ड राखिएको थियो तर पाँच गुणा बढी मूल्यमा बिक्यो।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)
  • ३ महिनाका लागि एनटीसीको आकर्षक अफर: १० रुपैयाँमा १०० मिनेट कल, अरू के–के ?
  • सबै एटीएम प्रयोकर्ताहरुका लागि यो जरुरी जानकारी
  • यि हुन ७४ लाखको मोटरसाइकल किन्ने नेपाली (यस्ता छन् बाइकका बिशेसता )
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution