नवलपुरमा धान उत्पादनमा कमी


गंगा विश्वकर्मा
चोरमारा। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर जिल्लामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष २ हजार ६ सय १२ मेट्रिक टन धान उत्पादनमा कमी आएको हो ।

यस वर्ष नवलपुुरमा ८९ हजार ७ सय ७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९२ हजार ३ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष भन्दा यस वर्ष नवलपुरमा बढी क्षेत्रफलमा धान खेति भएको भएपनि धान उत्पादनमा भने कमी आएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस वर्ष धान पसाउने बेला रसायनिक मलको अभाव तथा पसाएको धानमा बिभिन्न रोग लागेको कारण धान उत्पादनमा कमी आएको हो ।

गत वर्ष नवलपुरमा २० हजार तिन सय २५ हेक्टर क्षेत्रफल धान खेति भएकोमा यस वर्ष २१ हजार ९ सय ५१ हेक्टरमा धान खेति भएको श्रेष्ठले बताउनुभयो । तर गत वर्ष भन्दा धेरै क्षेत्रफलमा धान खेति भएपनि यस वर्ष धान उत्पादनमा भने कमी आएको छ । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन रहेको नवलपुरमा यस वर्ष उत्पादनमा कमी आएपछि प्रतिहेक्टर ४ दशमलव ०९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ ।

यस वर्ष कृषकहरुले धान पसाउने समयमा रसायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमा समेत विभिन्न रोगहरु लागेको थियो । जसको कारण यस वर्ष धान उत्पादनमा कमी आएको कृषकहरुको समेत भनाई रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution