दलदलेमा सवारी दुर्घटना : ८ जना घाईते


भिम भुसाल

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा सवारी दुर्घटना हुदा ८ जना घाईते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत होटल क्रिस अगाडी आज दिउसो २ बजे कार र एम्बुलेन्समा एक आपशमा ठक्करखादा कारमा सवार ४ जना र एम्बुलेन्समा सवार ४ जना घाईते भएका हुन् ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको लु १ च ५६०४ नम्बरको एम्बुलेन्स र विपरित दिशा बाट जादै गरेको बा १७ च ८९९२ नम्बरको कार एक आपशमा ठक्कर खादा दुर्घटना हुन पुगेको हो ।

घाईते ८ जनाकै अवस्था मध्यम रहेको अस्थाई प्रहरी पोष्ट दलदलेले जनाएको छ । घाईतेहरुलाई देवचुली अस्पतालबाट रिफर गरेर भरतपुर अस्पताल पठाईएको छ ।

घाईतेहरुः

१ भक्तपुर सूर्य विनायक नगरपालिका ४ बस्ने वर्ष २७ को कमल बहादुर खड्का

२. काठमाण्डौ महानगरपालिका १६ बस्ने वर्ष ५८ को हर्कबहादुर डाँगी

३. भक्तपुर सूर्य विनायक नगरपालिका ४ बस्ने वर्ष ५२ को भोलानाथ न्यौपाने

४ भक्तपुर सूर्य विनायक नगरपालिका ४ बस्ने बर्ष ४० को सुदिप खड्का

५. रुपन्देही सैनामैना नगरपालिका २ बस्ने वर्ष ५२ को ईन्द्रमणी पौडेल

६. प्युठान स्वर्गद्धारी नगरपालिका ८ बस्ने वर्ष ३९ को छमीदेबी अधिकारी

७. प्युठान स्वर्गद्धारी २ बस्ने वर्ष ५५ को राम बहादुर थापा

८. प्युठान स्वर्गद्धारी ८ बस्ने वर्ष ६५ को गिर बहादुर थापा

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दुम्किबासबाट लागुऔषध सहित पोखराका निरज पक्राउ
  • कावासोती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न
  • जिल्ला युवा समिति नवलपुरको अध्यक्षमा हिमाल सिंह ठकुरी
  • मैनाघाट जोड्ने पक्की पुल निर्माण हुदै
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution