• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चार महिनादेखि किसानले दूधको भुक्तानी पाएनन्   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ फागुन १५, आईतबार (४ साल अघि)
    inbound8609897552156674727

    Advertisement

    बलेवा ।   बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखाका दुग्ध उत्पादक सहकारीले मङ्सिर महिनायताको भुक्तानी नगरेका हुन् ।

    यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय बजारमा दूध बिक्री नभएको भन्दै पोखराको लभकुश डेरीलाई दूध बिक्री गर्दै आएका संस्थाले डेरीले पैसा नदिएको भन्दै किसानको पैसा भुक्तानी नगरेका हुन् ।

    सहकारीमार्फत बिक्री हुँदै आएको दूधको भुक्तानी समयमा नपाउने यो नयाँ घटना भने होइन । गत वर्षसमेत बागलुङ र पर्वतका डेरी पसलले भुक्तानी नदिएको बहानामा किसानको दूधको भुक्तानी रोकिएको थियो । बागलुङ र पर्वतमा बिक्री गर्दा समस्या भएको भन्दै पोखराको डेरी पसललाई दूध उपलब्ध गराएका सहकारीले यो वर्ष पनि किसानलाई समयमा भुक्तानी दिन नसकेका हुन् ।

    बिक्रीबाट आउने रकम भुक्तानी नपाउँदा किसानलाई दैनिकी चलाउन कठिन भएको बागलुङ–१२ का किसान बाबुदेव पौडेलले बताउनुभयो । पौडेलले चार महिनाको ५५ हजार बढी रकम भुक्तानी पाउन बाँकी छ । “अरु आयस्रोत भएकाका लागि त समस्या नहोला तर हाम्रो त चल्ने स्रोत भनेकै दूध हो”, पौडेलले भन्नुभयो, “समयमा दूधको भुक्तानी नआउँदा सहकारीले चासो दिएन ।” उहाँले सहकारीले चासो दिएर डेरीसँग भुक्तानी मागेको भए समस्या नआउने बताउनुभयो ।

    किसानले गाईभैँसीका लागि आवश्यक दाना चापटको समयमा भुक्तानी गर्न नसक्दा समस्या आएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । “हामीले सहकारीलाई जानेर दूध दिने हो, बजारमा के भएको छ भनेर उहाँहरुले खोज्ने कुरा हो”, किसान पौडेलले भन्नुभयो, “बेच्न नलैजाउँ भने कहाँ फाल्नु, सहकारीलाई दिएको दूधको पैसा पाउन सधैँ कठिन हुने गरेको छ ।” सहकारीले जगेडा कोषको व्यवस्था गरेरै भए पनि किसानलाई समयमा भुक्तानी दिनुपर्ने उहाँले बताउनुभयो ।

    सहकारीले भने बिक्री केन्द्र र लभकुश डेरीले पैसा रोकेका कारण किसानलाई भुक्तानी दिन नसकेको बताउँदै आएका छन् । “हामीले दूध दिएको पोखराको लभकुश डेरीले मङ्सिरदेखिको पैसा दिएको छैन, पैसा आए हामी रोक्दैनौँ”, कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद लामिछानेले भन्नुभयो “हाम्रो किसानको भुक्तानी रोक्ने कुनै मनसाय होइन, हामी पनि किसान हौँ, बजारमा समस्या भएकाले रोकिएको हो ।” लभकुश डेरी पोखराले महामारीका समयमा बजारमा बिक्री भएको भुक्तानी पाउन बाँकी रहेको भनेर समयमा भुक्तानी नदिएको लामिछानेले बताउनुभयो ।

    लभकुश डेरी पोखराले भने सहकारीलाई दिने रकमका विषयमा हिसाब हेरेपछि मात्रै थाहा हुने बताएको छ । “के कति बाँकी छ हिसाब नहेरी थाहा हुँदैन”, डेरीको लेखा शाखामा काम गर्ने वैकुण्ठ ढुङ्गानाले भन्नुभयो । सहकारीले डेरीकातर्फबाट रु ४० देखि ४५ लाख पाउन बाँकी रहेको एक सदस्यले बताउनुभयो । दैनिक दूध गइरहेको र भर्खरै मात्र दूधको मूल्य बढेकाले पाउनुपर्ने रकम तलमाथि हुने उहाँले बताउनुभयो । यहाँका सहकारीले दैनिक एक हजारदेखि एक हजार ५०० लिटर दूध पोखरा, कुश्मा र स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution