• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुदा – बुदामा हेर्नुहोस् कावासोती नगरपालिकामा भएको पूर्वाधारको विकास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (४ साल अघि)
    inbound1864354443229737629

    Advertisement

    कावासोती नगरपालिका तिव्र शहरीकरणतर्फ उन्मुख भैरहेको छ । नयाँ जिल्लाको सदरमुकाम समेत भएको हुँदा यहाँ विभिन्न प्रशासनिक संरचनाहरु निर्माण, सडक यातायातको विस्तार र सुदृधिकरण, पर्यटन पुर्वाधार निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेस जालीसहितको वाल निर्माण, खानेपानी तथा सिंचाईका पुर्वाधारहरु, विद्यालय तथा खेलकुद मैदान निर्माण आदि पुर्वाधारका संरचनाहरुमा नगरपालिकाले अग्रसरता लिएको छ ।

     

    बुदा – बुदामा हेर्नुहोस्  कावासोती नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८  सम्म भएको पूर्वाधार विकास तर्फको प्रगति विवरण

    १ .   करिब ६४ दशमलव ५ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । कच्ची सडक तथा सञ्चालनमा रहेका सडकहरुको करिव १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । साथै नगरको बिभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडक मर्मतको कार्य सम्पन्न गरिएको छ ।

    २. नगरपालिकामा करिव ६७ दशमलव ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरि ९५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । नगरका विभिन्न स्थानमा १९०० वटा सडक बत्ति जडान गरिएको छ । ८०० विद्युत पोल सहित विभिन्न स्थानमा विद्युतिकरणको कार्य सम्पन्न भएको छ । साथै नगर क्षेत्रका भित्रि साना बाटोहरुमा मोजाइक टायल लगाउने कार्यको थालनी गरिएको छ ।

    ३.नगर गौरव योजनाको रूपमा रहेको कावासोती चक्रपथ निर्माण कार्यलाई विगत ४ वर्षदेखि निरन्तरता दिंदै आइएको छ । हालसम्म १० किलोमिटर रिङ्गरोड कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ ।

    ४ .नगरपालिकाको बहुउद्देश्यीय भवन निर्माणको कार्य सम्पन्न भै प्रशासनिक कामकाज सुचारु भएको छ । वडा नं ४, ५, ७, ८, ९ र १५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भै कामकाज सुचारु भएको छ । यसैगरी वडा नं १, २, ३, ६ ,११, १३ र १६ को कार्यालय भवन चालु आ.व. मा सम्पन्न हुने लक्ष्य राखिएको छ ।

    ५ .नगरस्तरमा दिगो रुपमा फोहोरमैला व्यवस्थापनको लागि वडा नं १६ मा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भै फोहोरमैला संकलन तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ । वडा नं १७ मा फोहोरमैला व्यवस्थानको लागि स्ट्याण्ड सहितको १२०० डष्टविन वितरण गरिएको छ ।

    ६. विश्व सम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको मध्यवर्ती सामुदायिक वन क्षेत्र सँग जोडिएको विभिन्न स्थानहरुमा मानव र वन्यजन्तु बिचको असमझदारी न्यूनीकरण गर्न, धन जन लगायत कृषि बालीनालीको क्षती न्यूनीकरण गरि मानव र बन्यजन्तु बीच सह-अस्तित्व कायम गर्नका लागि पि.सि.सि. वाल सहित मेसजालीको निर्माण कार्यबाट महत्वपूर्ण योगदान पुगेको छ । जैविक विविधता वन वन्यजन्तुको संरक्षण सँग सँगै पर्यापर्यटकीय गतिविधि लगायत मानव र वन्यजन्तु बिचको समझदारी कायम गर्न नगरपालिकाले सुरुदेखि नै प्राथमिकताका साथ कार्य गरिरहेको छ । जसअनुसार हालसम्म वडा नं ७, १०, ११ , १२, १३, १५ र १७ मा मेसजाली सहितको १९ किलोमिटर मेस जाली सहितको आर.सि.सि. पर्खाल मध्ये ८ किलोमिटर निर्माण सम्पन्न भएको छ । बाँकी कार्य निर्माणाधिन अवस्थामा रहेको छ ।

    ७. विपन्न समुदाय आवासका लागि हाल सम्म ८८ वटा घरहरूको निर्माण कार्य सम्पन्न भएको छ । यस आ.व. मा थप १७ घरको निर्माण गरी हस्तान्तरण गरिनेछ ।

    ८.वडा नं ०२ मा रहेको कावासोतीको एकमात्र कभर्ड हलको निर्माण सम्पन्न भएको छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी रङ्गशाला निर्माण कार्यको शुरुवाट भएको छ ।  साथै पोखरी तालको गुरुयोजना निर्माण गरि ताल निर्माण, बाटो तथा पार्क स्तरोन्नतीमा काम भएको छ ।

    ९ . विकास योजना सञ्चालनका लागि ठेक्का बन्दोबस्त कार्यमा नगरपालिकामा विद्युतीय खरिद प्रणालीलाई अधिकतम रूपमा अवलम्बन गरिएको छ । यसबाट ठेक्का प्रक्रिया थप प्रतिस्पर्धात्मक र पारदर्शी हुनुका साथै विकास लागतमा समेत न्यूनीकरण भएको छ ।

    १०.वडा नं १४ मा अत्याधुनिक कोल्ड स्टोर निर्माणको लागि बजेट विनियोजन भई नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार र रिर्टर्नी माईग्रेट नेपालको संयुक्त लगानीमा निर्माण हुने गरि ठेक्का प्रक्रिया समेत सकिएको छ । साथै वडा नं १७ मा सामुदायिक बिउ वैङ्क निर्माण गरिएको छ ।

    ११ .  करिव १०० वटा भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक भवन तथा क्लवको भवन स्तरोन्नति तथा नयाँ निर्माण कार्य सम्पन्न भएको छ । साथै वडा नं ३, ५, ८ र १२,  मा गुम्वाको निर्माण तथा स्तरोन्नती गरिएको छ ।

    १२. शहरी विकास मन्त्रालयको सहयोगमा भू-उपयोग योजना र एकिकृत विकास परियोजना निर्माण गरिएको छ । संघ सरकारको समन्वयमा २०० घरमा खरको छानोलाई विस्थापन गरि टिनको छानो निर्माण गर्ने कार्य चलिरहेको छ ।

    १३. नेपाल शहरी शासन तथा पुर्वाधार विकास परियोजना अन्तर्गत श्रममुलक परियोजना संचालनको क्रममा ३०० मिटर नदी तटबन्धन, ३ दशमलव ४ किलोमिटर नाला निर्माण, ३०३ मिटर कम्पाउण्ड वाल निर्माण तथा विभिन्न विद्यालयमा पुर्वाधार सुधार लगायतका कामहरु भएका छन् । चालु आ.व. ०७७/०७८ मा यस परियोजना मार्फत ६२८ मिटर नदी तटबन्धन, ५ किलोमिटर पक्की नाला तथा ५७० मिटर तारवारको कार्यक्रम सम्पन्न हुनेछ । परियोजना मार्फत गत आ.व. २०७७।७८ मा मात्रै ६५९ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

    १४.साविकका गा.वि.स भवन रहेका वडा कार्यालयको स्तरोन्नती तथा जग्गा घेरावारको काम सम्पन्न गरिएको छ ।

    १५ . वडा नं १६ मा आदिवासी थारु संग्रहालयको भवन स्तरोन्नती गरिएको छ ।

    १६. रेडक्रस सँगको सहकार्यमा ब्लडबैङ्क स्थापना तथा आपतकालिन भण्डारणको लागि गोदामहरु निर्माण गरिएको छ ।

    १७. एक वडा एक खेलमैदान अन्तर्गत नगर क्षेत्रभित्रका खेलमैदानहरु स्तरोन्नती कार्यको शुरुवाट गरिएको छ ।

    १८. हरित शहर निर्माण अभियान अन्तर्गत वडा नं ११, १२, १५ र १७ का भित्रि मूल सडकको दायाँवायाँ वृक्षारोपण गरिएको छ ।

    १९. कावासोती खानेपानीसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टंकी निर्माण सम्पन्न भएको छ । वडा नं ४, १२, १३ र १७ मा खानेपानी टंकी तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरि डिप वोरिङ्ग सञ्चालनमा रहेको साथै वडा नं १५ मा खानेपानी पहुँच विस्तारको लागि पाइपलाइन विस्तारको कार्य गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution