• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बीबीसी मास्टर सेफको टोलीबाट नेपाल प्रवद्र्धन   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (४ साल अघि)
    bbc

    Advertisement

    काठमाडौँ  ।    बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेपरुको टोलीले नेपालको मौलिकखना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् ।
    प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपालीपर्यटन क्षेत्रको पुनःरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो ।

    मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट, सेफ फिलिपालगायत टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आएर १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएको पाटा नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ । चर्चित सेलीब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अङ्कित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिकखानाको अवलोकन, अन्वेषण एवं प्रवद्र्धन गर्नुु कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानमा सार्थक पहलका रुपमा लिइएको छ ।

    मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्व बजारमा नेपालको मौलिकखाना र संस्कृति प्रवद्र्धन हुनका साथै महामारीपश्चात् नेपाली पर्यटन क्षेत्र पूर्णरुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्धितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह भएको पाटा नेपालले जनाएको छ । साथै मास्टर सेफको सामाजिक सञ्जालतथा नेटवर्कमा आबद्ध समुुदायमाझ नेपाल गन्तव्यको प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुगेको जनाइएको छ ।

    त्यसैगरी, मास्टर सेफले नेपाली युवा सेफ तथा हस्पिट्यालिटी विद्यार्थीलाई नेपाली खानामा नवीनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवद्र्धनमा आबद्ध हुनसमेत प्रेरित गरेका छन् । सेफ सन्तोष शाहले नेपालीखानालाई विश्वमञ्चमा पु¥याउन नेपाली प्रचलनमा रहेका शब्दको प्रयोग गर्दै आएका सन्दर्भमा कुनै पनि सभा समारोहमा उत्सवको रुपमा खानपिन सुरु गर्दा उच्चारण हुने अङ्ग्रेजी शब्द ‘चीयर्स’को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने बताउनुभयो । उहाँले ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियोसमेत सार्वजनिक गर्नुभएको थियो ।

    पाटा नेपाल च्याप्टरले पाटा अन्तर्राष्ट्रिय च्याप्टर, नेपालवायु सेवा निगम तथा अन्तर्राष्ट्रिय एयरलाइन्स, पर्यटन बोर्डलगायत अन्य निजी तथा सरकारी साझेदार सङ्घ संस्थासँगको समन्वय र सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय स्रोत बजारमा आयोजना गर्ने गन्तव्य प्रवद्र्धनसँगै नेपाली मौलिकखानाको प्रवद्र्धनका लागि मास्टर सेफ साहको संलग्नता र सहयोगमा ‘नेपाल वल्र्ड फुड टुर’कार्यक्रमसमेत आयोजना गरिने पाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले बताउनुभयो ।

    पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टरसेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न क्षेत्रका संघ संस्थाको साझेदारी रहेको थियो ।

    सेफ टोली १० दिनसम्म विविध गतिविधिमा

    अप्रिल ७ मा काठमाडौँ आइपुगेको सेफ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा नेपाल च्याप्टरका पदाधिकारी, नेपाल पर्यटन बोर्ड, सेफ एशोसिएशन, मिडियाकर्मी, हस्पिटालिटी एवं टुरिज्म विद्यार्थी र पञ्चेबाजा टोलीद्वारा आमन्त्रित पाहुना टोलीलाई भव्य स्वागत गरिएको थियो ।

    ठमेलस्थित काठमाडौँ गेष्ट हाउसले नेवारी परम्परागत आथित्यःसत्कार तथा नेवारी भोजसहित स्वागत गरेको थियो । सेफ टोलीलाई पाटा नेपाल च्याप्टरद्वारा गैरीधारास्थित अवाता वेलनेश सेन्टरमा ‘वेलकम डिनर रिसेपस्न’ र डिनरअघि पहुनालाई वेलनेश टुरिज्मको एक नयाँ प्रोडक्ट ‘साउन्ड बाथ’को अनुभूति प्रदान गरिएको थियो । आठ तारिखमा गेट कलेजमा आयोजित दीक्षान्त समारोहमा सहभागी सेफ टोलीलाई हस्पिटालिटी विद्यार्थीमाझ स्वागत गरियो । सोही दिन पोखरा पुगेको सेफ टोलीलाई हाइग्राउण्ड एडभेन्चरको टिम र एभरेष्ट इनग्रुप युके टिमले स्वागत तथा आतिथ्यता प्रदान गरेका थिए । पोखराको आर्बा गाउँमा मास्टर सेफले स्थानीय उत्पादन र परम्परागत जीवनशैलीको अवलोकन गर्दै नेपालको मौलिकखानालाई ‘आली देखीथालीसम्म’ पु¥याउने उद्देश्यका साथ स्थानीयवासिन्दा र सेफसँग खाना पकाउनुका साथै प्रवद्र्धनात्मक भिडियोसमेत बनाका थिए ।

    साहसिक गन्तव्य प्रवद्र्धन

    यस्तै, अप्रिल ९ का दिन हाइग्राउण्ड एडभेन्चरले आयोजना गरेको साहसिकतथा दृश्यावलोकनपश्चात् १० तारिखका दिन जनकपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भए । सोही दिन बिहान सिरहाको कर्जनास्थित सेफ सन्तोष साहको घरमा उहाँको आमासँग मिथिला परिकार पकाउने तथा सो कार्यक्रमको डकुमेन्टी छायाङ्कनसमेत गरिएको थियो । त्यसपछि सेफ टोलीले जानकी मन्दिरको दर्शन भ्रमण गरे । जनकपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा ‘मिथिलाकुजिन एन्ड रेसिपीज’ शीर्षकमा आयोजित पाटा युवा प्रोफेस्नल सेफ कम्पिटिसनमा निर्णायकमण्डलको भूमिकामा रहनुभएका बीबीसी मास्टर सेफले विद्यार्थीले प्रदर्शन गरेको पाककला, मिथिलाखाना र प्रस्तुतीकरण सीपको मूल्याङ्कन गर्दै प्रशंसासमेत गरेका थिए । प्रतियोगितामा पूर्वी नेपाल (प्रदेश १) मा अवस्थित पाटा नेपाल च्याप्टरका सदस्य कलेजमा अध्ययनरत २१ युवा होटेल म्यानेजमेन्ट विद्यार्थीको सहभागिता रहेको थियो ।

    त्यसैगरी ११ अप्रिल मानाथममा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मास्टर सेफले नेपाल भ्रमण गरी यहाँको पाककला, खानपिन र संस्कृतिको प्रवद्र्धनमार्फत देशको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गर्दै आयोजक तथा मास्टर सेफ टोलीलाई विशेष सम्मानसहित धन्यवाद ज्ञापन गर्नुभयो । अप्रिल १२ तारिखका दिन पाटाद्वारा गेट कलेजमा ‘फाइनडाइनिङ प्रोग्रामवीथ मास्टर सेफ’कार्यक्रम आयोजना गरियो जहाँ चारै मास्टर सेफले विविध नेपाली मौलिकखानाका परिकारलाई अतिआकर्षक, कलात्मक, स्वादिष्ट तथा सन्तुलित आहारको रुपमा आमन्त्रित अथितिसमक्ष पस्केका थिए ।

    उक्त कार्यक्रमको छायाङ्कन एक विशेष डकुमेन्ट्रीमा समेत समावेश हुने भएको छ, जसले नेपालको गन्तव्य प्रवद्र्धनमा विशेष मद्दत पुग्ने विश्वास लिइएको छ । अप्रिल १३ मा सगरमाथाको आधार शिविर कालापत्थरमा आयोजना गरिने पूर्वनिर्धारित कुकिङ तथा प्रवद्र्धनात्मक कार्यक्रम लुक्लाको प्रतिकूल मौसमका कारण उडान रद्द हुँदा स्थगित भएको थियो ।

    राष्ट्रपतिबाट सेफ साहलाई पदक प्रदान

    अप्रिल १४ तारिखकादिन नेपाली परिकारलाई विश्वभरि चिनाएका सेफ सन्तोष साहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री पदकप्रदान गर्नुभएको थियो । मास्टर सेफ टोली नेपाल फुड ब्लगरसँग काठमाडौँका विभिन्न पर्यटकीय क्षेत्र आसपासका स्थानीय मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवद्र्धनात्मक गतिविधिमा आवद्ध भए । त्यसै दिन ललितपुरको झम्सिखेलस्थित ग्रामीण महिलाद्वारा सञ्चालित द भिलेज क्याफे को आमन्त्रणमा सेफ विशेष नेवारी भोजमा संलग्न भए ।

    अप्रिल १५ तारिखका दिन नेपालगञ्ज भएर बर्दिया पुगेको सेफ टोलीलाई बर्दियाको डल्ला कम्युनिटी होमस्टेमा पुग्दा थारु समुदायले स्वागत गरेका थिए । सेफ टोलीले वाइल्ड स्पेसिज हन्टिङ, थारुको मौलिकखाना घुँगी, जङ्गली निगुरोको साग, असारे, पालुङ्गो खोज तथा सङ्कलन गरी स्थानीय थारु समुदायसँग मिलेर कुखुराको मासु, ढिक्री, घुँगी, खरिया, अण्डी राईसलगायत कारखानाका परिकार पकाएर पाक कलाको आधारभूत उपायसमेत आदानप्रदान गरेका थिए । साँझ थारु नृत्य तथा संस्कृतिक कार्यक्रममा सहभागी भए । भोलिपल्ट अप्रिल १६ मा चिसापानी भ्रमण तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र वाइल्ड लाइफ सफारीको आयोजना गरिएको थियो । सेफले वाइल्ड स्पाइसेस हन्टिङ, वाइल्ड फ्रुट्स टेस्टिङ तथा तीनको पाककलासँग सम्भाव्य उपयोगिताबारे अन्तक्र्रियासहित भ्रमण गरेका थिए । अप्रिल १७ मा नेपाल पर्यटन बोर्डले सेफको आगमन र नेपाल भ्रमणले नेपाली पकवान तथा पर्यटनलाई थप टेवा पु¥याएकोमा प्रशंसा गर्दै मास्टर सेफलाई सम्मान गरेको थियो ।

    तत्पश्चात् मास्टर सेफ सेफ एशोसिएशनद्वारा आयोजित युवा सेफ प्रतियोगितामा निर्णायक मण्डलको भूमिकामा सहभागी भएका थिए ।   (रासस)  
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution