नयाँ दिल्ली । भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु ; नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । ;
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । ;
भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो (रासस÷सिन्ह्वा)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१