काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१