• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ १, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    थारू समुदायले आज यमोसा पर्व मनाउँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ९, आईतबार (२ साल अघि)
    yamosa1-1024x538

    Advertisement

    भरतपुर ।चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उहाँले बताउनुभयो । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ ।दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी (सिरु) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।

    पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ ।

    छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छवटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

    तराई क्षेत्रमा थारूहरुको बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भन्नुभयो । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उहाँले बताउनुभयो । चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution