
काठमाडौँ।दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् ।खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो ।
ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१