• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा फैलिदै आँखा पाक्ने रोग, सरकारी कार्यालयमा छैन् सर्तकता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २४, बुधबार (२ साल अघि)
    aakha.jpg

    Advertisement

    मीनाक्षी कंडेल ,कावासोती । पूर्वी नवलपरासी (नवलपुर) मा केही दिनयता आँखा पाक्ने रोग फैलिरहेको छ । आँखामा सङ्क्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ । जिल्लाका सबै सरकारी तथा निजी अस्पतालमा दैनिक दुई सय सम्म आँखाका बिरामी देखा पर्ने गरेको स्वास्थ्य कार्यालय नवलपुरको तथ्याड्ढमा छ । केही दिनदेखि आँखा पाक्ने रोग फैलिएपछि यसको प्रभाव जिल्लाको विद्यार्थीहरूमा समेत देखा परेको छ । अहिले बालबालिकामा आँखा पाक्ने समस्या देखिएको पछि विद्यालयको पढाइ समेत प्रभावित बनेको छ । दैनिक रूपमा आँखा पाक्ने समस्या भएपछि विद्यालयमा विद्यार्थीको संख्या क्रमिक रूपमा घट्दै गएको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताए ।

    जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले आँखाको समस्या दिनदिनै बढ्दै गएकोले आँखाका बिरामीले सामान्य चेकजाँचपछि घरमै बसेर उपचार गर्न सकिने हुँदा सङ्क्रमितका बिरामी भिडभाडमा नजान अनुरोध गरेका छन् । नवलपुरमा आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अहिले जिल्लाका सबै पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छन् । जिल्लाको देवचुली अस्पताल, गैँडाकोट नगर अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल, मध्यविन्दु नगर अस्पताल र जिल्लाको निजी अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरूमध्ये ९० प्रतिशतमा आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

    मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार दैनिक अस्पतालको बहिंरग सेवामा आँखाको उपचारका लागि आएका ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको बताए । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको सङ्क्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय सङ्क्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन् । यो रोग लाग्दा सङ्क्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा सङ्क्रमण सर्छ । त्यसैले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ।
    सरकारी कार्यालयमा छैन् सर्तकता
    कावासोती । नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ । यस रोगको सङ्क्रमण फैलन सक्ने भन्दै बिभिन्न पालिकाका बिद्यालयले केही दिनका लागि पठनपाठन कार्य नै स्थगित गरेका छ । तर आँखा पाक्ने रोगको सङ्क्रमण बिद्यालय मात्र नभई भिडभाड हुने सरकारी कार्यलयमा पनि यसको जोखिम उत्तिकै देखिएको छ । मंगलबार समाचार संकलनको लागी मालपोत कार्यालय, जिल्ला प्रशासन, यातयात ब्यवस्था कार्यालयमा पुग्दा कुनै सतर्कता अपनाईएको देखिएको छैन् । भिडभाड हुने सरकारी कार्यालयमा सर्तकता नअपनाए सम्म बिद्यालय मात्रै बन्द गरेर यो रोग नियन्त्रण नहुँने कावासोतीका गोबिन्द थापाले बताए । उनले भने– अहिले बिद्यालय त बन्द भएको छ तर सरकारी कार्यालय र बैंकमा भिड छ रोग त त्यहाँबाट पनि सर्छ यो सबै क्षेत्रमा सर्तकता अपनाउन जरुरी छ । आँखा पाक्ने रोग यतिबेला सबैै उमेर समुहका ब्यक्तिमा देखिएको र जोखिम पनि सबैमा रहेको देखिन्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution