• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका ३४ वडा विपद्का दृष्टिले उच्च सङ्कटमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २९, सोमबार (२ साल अघि)
    DSC_0079-1536-1024x685

    Advertisement

    नवलपरासी । नवलपरासी पूर्व नवलपुरका ३४ वटा वडा मौसमजन्य विपद बाढीको जोखिमका हिसाबले अति उच्च संकट अवस्थामा रहेका छन् । जिल्ला भित्र रहेका ८ वटा पालिकाका ९२ वटा वडा मध्य ३४ वटा वडा बाढीको जोखिमका हिसाबले अति उच्च संकटासन्न अवस्थामा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै तयार पारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा जिल्लाका ३४ वटा वडालाई बाढीको जोखिमका हिसाबले अति उच्च संकटासन्न वडाका रुपमा राखेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । पहिरोका दृष्टिले जिल्लाका ६ वटा वडालाई अति उच्च संकटासन्न वडाका रुपमा राखिएको छ । हुप्सेकोट गाउँपालिका भित्रका चारवटा वडाहरू १,२,३र४, मध्यविन्दु नगरपालिका भित्रका चारवटा वडाहरू १,२,३र४, देवचुली नगरपालिका भित्रका ९ वटा वडाहरू १,२,३ ,५,६,१३,१५,१६ र १७,  कावासोती नगरपालिका भित्रका ७ वटा वडाहरू १,३,४,५,६ १५ र १७, विनयी त्रिवेणी भित्रका चारवटा वडाहरू १,२,४ र ७, बुलिङटारको वडा नम्बर २, बौदीकालीको चारवटा वडाहरू ३,४,५ ,६ र गैँडाकोट नगरपालिकाको वडा नम्बर २ बाढीको दृष्टिकोणले अति उच्च संकटासन्न अवस्थामा रहेका छन् । पहिरोको जोखिमका रुपमा हुप्सकोट १ र २, मध्यविन्दु १३ र १४ , विनयी त्रिवेणी १ र ६ तथा बुलिङटार वडा नम्बर ३ गरि ७ वटा वडा अति उच्च संकटासन्न वडाका रुपमा रहेका छन् । बाढीको जोखिमका हिसाबले १६ वटा वडा उच्च संकटासन्न र पहिरोको जोखिमका हिसाबले ८ वटा वडा उच्च संकटासन्न अवस्थामा रहेका छन् ।

    मनसुन जन्य जोखिमको अवस्था मूल्याङ्कन गरि जिल्लामा जिल्ला तह ,स्थानीय तह र यहाँका सङ्घसंस्था मार्फत परिचालन हुने स्रोत साधनको आँकलन र मनसुन आपतकालीन कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । विपद् पूर्वको तयारी,  विपद्को समय र विपद् पश्चात् राहत, पुनर्स्थापन र व्यवस्थापनका योजना निर्माण गरिएको र सोही अनुसार कार्य गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । नदीजन्य कटान र डुबानका कारण बस्ती जोखिममा पर्ने अवस्था आए स्थानीय तहहरूलाई मेसिनरी सामाग्री प्रयोगका लागि अनुमति प्रदान गरिएको उहाँले बताउनुभयो । ‘हामीले हाल नदीजन्य कटान र डुबानलाई प्राथमिकता दिएका छौ, यसका कारण बस्ती जोखिममा छ भने स्थानीय तहले खोला च्यानालाईज गर्न अनुमति लिई राख्न पर्दैन, हामीलाई जानकारी मात्र गराए हुन्छ भनेका छौँ’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो । यसै अनुसार कतिपय ठाउँमा कामहरू भइरहेको उहाँले बताउनुभयो । स्थानीय तहसँगै अन्य सम्बन्धित कार्यालयलाई कतै डुबान कटान भए फिल्ड अध्ययन गरि गर्न सकिने काम गर्न निर्देशन गरिएको उहाँको भनाई रहेको छ । मनसुन जन्य विपद्का घटना केही भइहाले खोज उद्धारका लागि जिल्ला स्थित सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution