• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वैदेशिक रोजगारीमा ४ महिनामै गण्डकीका ७५ जनाको मृत्यु , सबै भन्दा धेरै नवलपुरका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)
    Sab

    Advertisement

    पोखरा । वैदेशिक रोजगारीका लागि साढे २ वर्षअघि साउदी अरेयिबा पुगेका पोखरा महानगरपालिका–१३ का हेमबहादुर विश्वकर्माको २ असोजमा उतै मृत्यु भयो । श्रीमती, ३ छोरी, एक छोराको उज्ज्वल भविष्यको सपना बोकेर साउदी पुगेका ३८ वर्षीय विश्वकर्माको दसैंको मुखमा ज्यान जाँदा परिवारमा वज्रपात पर्‍यो भने शव पाउन मात्रै पनि १ महिना कुर्नुपर्‍यो । पोखरा महानगरपालिका–१३ कै ३० वर्षीय सुरज सार्की सेक्युरिटी गार्डको काम गर्न संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए । दुई वर्ष काम गरेर छुट्टीमा फर्किन्छु भनेका सुरजको हृदयघातका कारण मृत्यु भयो । पोखरा महानगरपालिका–२१ का ३९ वर्षीय रामबहादुर सुनार क्लिनरको काम गर्न दुबई पुगेका थिए । आफूले सोचेजस्तो नभएपछि कम्पनी छोडेर हिँडेका सुनार एकाएक सडकमा हिँडिरहेको भिडियो टिकटकमा भाइरल बनेको उनको श्रीमती रुपाले देखिन् । तर, श्रीमान सम्पर्कमा नआएपछि उनी सुरक्षित आप्रवासन परियोजना (सामी) मा गुहार माग्दै पुगिन् । उनको उद्धारका लागि पहल हुँदाहुँदै मृत्यु भएको खबर आइपुग्यो । भदौको दोस्रो हप्ता रामबहादुरको मृत्युपछि २० दिनपछि शव सामीकै पहलमा नेपाल ल्याइएको थियो ।

    गत साउनदेखि कात्तिकसम्म वैदेशिक रोजगारीमा रहेका कास्कीका मात्र ११ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरुको भयावह स्थिति तथ्यांकले देखाएको छ ।  वैदेशिक रोजगारीमा रहेका गण्डकी प्रदेशका ६५ जनाको साउनयतामात्र मृत्यु भएको छ ।

    मंसिरमा थप १० जनाको मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजनाकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्माले बताइन् । सबैभन्दा धेरै नवलपुरका १६ जनाको मृत्यु भएको छ । मंसिर र पुसमा पनि नवलपुरबम केही व्यक्तिको वैदेशिक रोजगारीमा मृत्यु भएको आप्रवासी स्रोत केन्द्र कावासोतीका परामर्शकर्ता रञ्जना लम्सालले बताइन् ।

    ‘पुसको ३ गतेमात्र युएईमा मध्यविन्दु नगरपालिका–१० का वीरबहादुर आलेको मृत्यु भयो । उनको शव ल्याउने प्रक्रियामै छ’, लम्सालले भनिन्, ‘युएइमै देवचुली नगरपालिका–१५ का शिवप्रसाद रिजालको मंसिर ३० गते मृत्यु भयो । अझै शव आइपुगेको छैन ।’ गत महिना मलेसियामा कावासोती नगरपालिका–१४ का गुनबहादुर महतो, कुवेतमा कावासोती–१५ का शिवराज महतो, मलेसियामा बौलिकाली–५ का प्रेमबहादुर मगरको मृत्यु भएको थियो । ‘हाम्रो तथ्यांकमा समेटिएका अधिकांश श्रम स्वीकृति लिएर खाडी मुलुक गएका नै छन् । श्रम स्वीकृति नलिई गएका कति हाम्रो सम्पर्कमा नआइपुगेका पनि होलान्’, लम्सालले भनिन्, ‘कतिपय श्रम स्वीकृतिको अवधि सकिएर अवैधानिक बसेका, हेल्पर, क्लिनर, मार्केटमा काम गर्ने छन् ।’

    वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार साउनयता औसतमा महिनाको १५ जनाको दरले मृत्युका घटना आइरहेका छन् । साउनदेखि कात्तिकसम्म ६५ जना र त्यसयता कम्तीमा थप १० जनाको मृत्यु भएको तथ्यांक आइपुगेको रेग्मीको जानकारी दिए । ‘प्रतिमहिना गण्डकीका मात्रै औसतमा १५ जनाको वैदेशिक रोजगारीमा मृत्यु भइरहेको छ’, रेग्मीले भने, ‘त्यो भन्दा ठूलो संख्यामा अंगभंग र बिरामी बनेर फर्केका छन् ।’

    देशभरको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ७५३ र २०७६/७७ मा ६८० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा मृत्यु हुनेको संख्या बढेर १ हजार २७५ पुगेको छ । २०७८/०७९ मा १ हजार ५०९ र आर्थिक वर्ष २०७९/८० मा १ हजार २०८ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    नेपालमा प्रति वर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने तथ्यांक छ । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारीप्रति आकर्षित भएको सामी परियोजनाकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्माले बताइन् ।

    नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघिसकेको छ । हाल दैनिक सरदर २ हजार २०० जना वैदेशिक रोजगार जाने गरेको तथ्यांक छ । मुख्य गन्तव्यका रुपमा मलेसिया, कतार, दुवई, कुवेत, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, र माल्दिभ्स बनेको तथ्यांक शर्माले प्रस्तुत गरिन् ।

    अफगानिस्तान, लिविया र इराक लगायतका देश जान बन्देज लगाइएको छ भने वैदेशिक रोजगारको लागि संस्थागत रुपमा १११ वटा देशहरु खुल्ला गरिएका छन् । आर्थिक वर्ष २०७९/०८० मा पुनः श्रम स्वीकृतिसमेत गरी ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका थिए ।

    सीप र पर्याप्त जानकारी तथा सूचना नहुँदा विदेश पुगेका धेरै नेपाली श्रमिकले दुख पाइरहेको र मृत्यु भइसकेपछि नेपाल फर्काउन, आर्थिक सहायता, बीमा दाबीमा पनि समस्या देखिने गरेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेलले बताए ।

    पर्याप्त सूचना र सीपकै अभावले विदेशमा गइसकेपछि समेत मानिसलाई वस्तुका रुपमा बिक्री गर्ने गरिएको समेत उनले सुनाए । त्यसका लागि सीप र सचेतना आवश्यक रहेको उनको भनाइ छ ।

    वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदार अर्धदक्ष र अदक्ष छन् । जसले गर्दा अधिकांश नेपाली कामदारहरुले जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था रहेको लामो समय बहराइन बसेर फर्किएका खेमराज पौडेलले बताए ।

    नेपालबाट अधिकांश व्यक्ति असुरक्षित रुपमा वैदेशिक रोजगारीमा जाने र विदेशमा मृत्यु भइसकेपछि झनै समस्या देखिने गरेको अनुभव पनि पौडेलले सुनाए ।

    ‘एक जना डोल्पाको साथीको मृत्यु हुँदा शव नेपाल पठाउन ६ ममिहना लाग्यो । नेपालबाट गएका नेपालीको इन्स्योरेन्स हुन्छ भन्नेसमेत थाहै भएन’, सापकोटाले सुनाए, ‘लगत्तै भारत केरलाका एक जनाको मृत्यु हुँदा तुरुन्तै शव देशमा लगियो भने ५५ लाख रुपैयाँ इन्स्योरेन्सबापत पाए ।’

    पौडेलले विदेश जाने नेपालीसँग सूचनाकै कमी हुने र त्यसकै कारण कुनै समस्या आइहाले पनि दुख र झञ्झट सहनुपर्ने बताए । हङकङबाट फर्केकी तारा गुरुङ पनि वैदेशिक रोजगारीममा ठगिने र धेरैले दुख पाउनुको प्रमुख कारण सूचनाको अभाव र फितलो कानुन भएको बताउँछिन् ।

    ‘वैदेशिक रोजगारीमा जाने धेरैको सूचनामा पहुँचै छैन । जुन देशमा जाने हो त्यहाँको कानुन र रहनसहन नै जानकारी छैन’, गुरुङले भनिन्, ‘नेपालको कानुनै फितलो छ । पीडितको सर्वस्व सकिन्छ तर ठगी गर्नेलाई कारबाही नै हुँदैन ।’

    वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको शव नेपाल ल्याउनसमेत भूमिका खेलेकी पोखरा महानगरपालिका– १३ की वडासदस्य रजनी परियारले धेरैलाई विदेश जाँदा बीमा हुन्छ भन्नेसमेत जानकारी नभएको सुनाइन् ।

    ‘श्रम स्वीकृति लिएर गएकाहरुको मृत्यु भइहाल्यो भने इन्स्योरेन्सको रकम पाइन्छ भन्नेसमेत जानकारी नभएको पाएँ । धेरैलाई सीप सिकेर जानुपर्छ भन्ने पनि छैन र राज्यले सीप सिकेरमात्र जाने व्यवस्था मिलाउन पनि सकेको छैन’, परियारले भनिन्, ‘सरकारले सीप सिकाउनेदेखि नागरिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारीमा पठाउने र मृत्यु भइहाले तुरुन्त रेस्पोन्स गर्छ भन्ने बुझाउनुपर्ने देखिएको छ ।’

    वैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रम पछिल्लो समय युरोपतिर सोझिएको शर्माले बताइन् । खाडीका मुलुकमा लामो समय काम गरेकाहरुमा युरोप जाने हुटहुटी जाग्ने देखिएको र ठगी सम्बन्धीका विषयहरु पूर्ण रुपमा सरकारी निकायहरुमा पनि नआएको शर्माले सुनाइन् । साभार अनलाइनखबर डटकम 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution