• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ३० प्रतिशत सकियो डेढगाउँ–झ्यालबास सडक खण्डको काम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ ३, बुधबार (२ साल अघि)
    415544900_377626451584122_1357444905872236252_n

    Advertisement

    दयाराम आचार्य , त्रिवेणी (नवलपरासी) ।  गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको योजनामा राखेको कोरला –त्रिवेणी सडक खण्ड अन्र्तगत पर्ने डेढगाउँ –झ्यालबास खण्डको भौतिक प्रगति तीस प्रतिशत पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँ स्थित कालिगण्डकी छेउ बाट शुरु हुने पहिलो खण्डको प्रगति ३० प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले बताउनुभयो । डेढगाउँ– झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलब १ किलोमिटर सडक निर्माण कार्य अघि बढिरहेको छ । विस २०७९ वैशाखमा सम्झौता भएर निर्माण कार्य अघि बढेको यस खण्ड विस २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु. ३२ करोड २० लाखको लागतमा सडक निर्माणको काम लामा गौरीशंकर जेभीले गरिरहेको छ ।

    नाला सहित कालोपत्रे गर्ने योजनाका साथ काम चलिरहेको यस खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नाला सहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माणको काम सकिएको इन्जिनियर घिमिरेले बताउनुभयो । उहाँका अनुसार नाला निर्माणको कामसँगै ठाउँ ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी रहेको छ । सम्झौताको २१ महिना सकिएको र अब १२ महिना बाँकी रहेको छ । सम्झौताको अवधि भित्रनै काम सक्ने गरि लागिरहेको इन्जिनियर घिमिरेले बताउनुभयो । सडक चौडा पार्ने, ग्याभिन भर्ने , छेउछाउमा पर्खाल लगाउने जस्ता मुख्य काम धेरै जसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उहाँको भनाई छ । ‘प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माणको काम नियमित संचालन भए, सम्झौता अवधिमानै सबै काम सम्पन्न हुन्छ’ इन्जिनियर घिमिरेले भन्नुभयो । नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ –झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

    यसै खण्डमा दोस्रो चरणमा थप ७ किलोमिटर सडक निर्माणको कार्य समेत अगाडी बढेको इन्जिनियर घिमिरेले बताउनुभयो । ‘पहिलो खण्डको १४ किलोमिटर पछि थप ७ किलोमिटर सडक निर्माण कार्य समेत अगाडि बढेको छ, चाडै सम्झौता भएर अर्को खण्डको समेत काम शुरु हुन्छ’ उहाँले भन्नुभयो । डेढगाउँ देखि झ्यालबास सम्म करिब ४१ किलोमिटर मध्य दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने इन्जिनियर घिमिरेले बताउनुभयो । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने उहाँले बताउनुभयो । झ्यालबासदेखि चोरमारा सम्म ९ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य रहेको छ । तर दुम्किबास –त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन । यो सडक उत्तर तर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यसै बिच नवलपुरमा निर्माण भइरहेको डेढगाउँ –झ्यालबास सडक खण्डको निरीक्षणका लागि बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नवलपुर आउने कार्यक्रम तय भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution