• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तरकारीखेतीबाट मनग्य आम्दानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १०, बुधबार (२ साल अघि)
    tarkari-kheti

    Advertisement

    मध्यविन्दु (नवलपरासी)।नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आउनुभएको छ ।बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आउनुभएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थाल्नुभएको हो । बितेको २० वर्षमा तरकारीबाटै मियाँको जीवन धेरै बदलिएको छ भने पारिवारिक स्थिति पनि निकै राम्रो भएको छ । मियाँले भन्नुभयो, “तरकारीखेतीबाटै मैले जीवनमा प्रगति गरेको हुँ, यहीँ व्यवसायबाट सबै परिवारलाई यहीँ सारेँ, घरघडेरी जोडे अनि चारजना छोराछोरीको पढाइसँगै विवाह पनि उम्काइसकेँ ।”पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दुई बिघा जमिनमा खेती गर्नुभएका मियाँले वार्षिक तीन याममा तरकारी उत्पादन गर्ने गर्नुभएको छ । अहिले काउली, बन्दा, बड्काउली बेच्न भ्याइनभ्याई भएको छ । केही हप्ताअघिसम्म काउलीको मूल्य नपाएर चिन्तित मियाँले अहिले काउली बारीबाटै प्रतिकिलो रु २५ मा बेच्नुभएको छ । “काँक्रो, करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु, लगाएकामध्ये आठ कठ्ठाको तरकारी बिक्री भइसक्यो”, उहाँले भन्नुभयो, “यो याममा काउलीको भाउ नआउँदा केही घाटा भयो तर अहिले बजार सुधारियो पूरै घाटा त हुँदैन जस्तो छ ।”

    वर्षभरि तरकारी फलाउने र बेच्ने मियाँले नाफाघाटाको हिसाब भने वैशाखमा मात्र गर्ने गर्नुभएको छ । एक याममा तरकारी लगाउँदा करिब रु तीन लाख खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । कुनै याममा लगानीसमेत नउठ्नेगरी घाटा हुने गरेको मियाँको अनुभव छ । “तरकारीको बजारभाउ घटबढ हुनाले सबै सिजनमा नाफै हुन्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “एक याममा घाटा भए पनि अर्कोमा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यका साथ काम गर्ने गरेको छु, त्यसैले आजसम्म टिकेको हुँ ।” आफूले सक्दासम्म नर्सुल्ला मियाँलाई तरकारीखेतीमा नै रमाउने मन छ । यहीँ व्यवसायबाट राजमार्ग छेउमा १२ कठ्ठा जमिन जोड्न सफल हुनुभएका मियाँका छोराछोरी पनि अहिले तरकारीखेतीमा सहभागी भएका छन् । “मेहनत गरे कृषिक्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्ययता र लगनशीलता चाहिन्छ”, उहाँले भन्नुभयो ।

    देशमा सम्भावना नदेखेर युवाहरू विदेशिने क्रम बढिरहेको बेलामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मियाँजस्तै किसानले तरकारीखेतीमार्फत वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् । त्यसैमध्येका अर्का देवचुली–१६ कै नौसाद मियाँले पनि दुई बिघा जमिनमा तरकारीखेती गर्नुहुन्छ । वीरगञ्ज घर भएका नौसादको परिवार तरकारीखेतीकै लागि देवचुली आएको हो ।उहाँको बारीमा काउली फलेका छन् । तीन याममा तरकारी फलाउने नौसादले अहिले धान भित्र्याएपछि टमाटर, भिन्डी, घिरौँला लगाउनुभएको छ । उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन् । बजारको खासै पिर छैन । “तीन सिजन तरकारीखेती गर्ने गरेका छौँ, धान काटेर तरकारी लगाउँछौँ”, उहाँले भन्नुभयो, “तीस मुरी धान फल्छ यही जमिनमा अनि तरकारी लगाउँछौँ, वर्षभरि खाने अन्न पनि जोहो हुन्छ ।”

    अघिल्लो सिजनमा लगाएको काउलीको उचित मूल्य नपर्दा मियाँले आधा नै घाटा बेहोर्नुपर्यो । अबको उत्पादनले भने राम्रो आम्दानी हुने मियाँले आशा राख्नुभएको छ । तरकारीले लागतअनुसारको मूल्य पाए सबै खर्च कटाएर एक सिजनमा रु ६० हजारसम्म बचत हुने उहाँको अनुभव छ । तरकारीखेतीबाटै नौसादको घरपरिवार राम्रोसँग चलेको छ । “कहिलेकाहीँ ठीकठीकै हुन्छ, कहिलेकाहीँ घाटा पनि हुन्छ, आत्तिनु भएन”, उहाँले भन्नुभयो, “एक याममा रु छ–सात लाखको कारोबार हुन्छ ।”तरकारीखेतीबाटै नौसादले छोराछोरीको पठनपाठन, औषधोपचारलगायतको घरखर्च राम्रोसँग चलाउनुभएको छ । उत्पादन भएको तरकारी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौँ निर्यात हुने गरेको उहाँले बताउनुभयो । “वर्षौँँदेखि व्यावसायिक तरकारीखेती गरे पनि सरकारले भने आवश्यकतानुसार सहयोग गरेको छैन”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन ।” रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution