• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १०, बुधबार (२ साल अघि)
    visit-visa

    Advertisement

    काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ ।भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ ।साथै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटी भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि बुझाउनु पर्ने छ ।

    युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी प्रेमप्रसाद दाहालले भिजिट भिसाको नाममा ठगी हुने, नक्कली कागजात बनाएर विदेश जाने र उतै लुक्ने क्रम बढेपछि नयाँ नियम लागू गरिएको जानकारी दिए । यसबाट भिजिट भिसाको नाममा हुँदै आएको विकृति रोकिने विभागको विश्वास छ ।यसअघि अध्यागमन ऐन २०४९, नियमावली र निर्देशिकामा भिजिट भिसा के हो भन्ने स्पष्ट छैन । त्यहाँ पर्यटक भिसाको कुरा मात्र छ । त्यसैले २०७८ सालमा सचिवस्तरीय निर्णयबाट भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड जारी गरेर स्पष्ट पार्ने प्रयास गरिएको थियो । ‘१७ बुँदे लागू भएपछि झन् धेरै विकृतिहरु देखिन थाले,’ निर्देशक दाहालले अनलाइनखबरसँग भने, ‘नक्कली कागजात बनाएर विदेश जाने, ठगिने, विदेश गएर उतै लुक्ने, दुःख पाउने जस्ता काम विकृतिहरु देखिएपछि १७ बुँदेलाई खारेज गरेर अहिले ६ बुँदे नियम ल्याइएको हो ।’

    ६ बुँदे नियमसँगै ट्राभल एडभाइजरी पनि जारी गरिएको छ । त्यसमा के-के गर्ने, के-के नगर्ने कुराहरु उल्लेख छन् । त्यो ट्राभल एडभाइजरी ७५३ वटै स्थानीय तहमा पठाइएको निर्देशक दाहालले बताए । गाउँघरमा जनचेतना फैलाउने काम होस् भन्ने उद्देश्यले सबै पालिकाहरुमा ट्राभल एडभाइजरी पठाइएको उनको भनाइ छ ।

        

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution