
चितवन।चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङ रहेका छन् ।चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक वनमा ललाई फकाई गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिकाको मेडिकल परीक्षण पछि अभिभावकको जिम्मा लगाइएको छ । चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१