
कावासोती । २९ औ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला नवलपुरले बृहत रयाली सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम कावासोती नगरपालिका २ पानस पार्टी प्यालेसमा आयोजना भएको थियो । रामकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद एवम् कानुन मन्त्री रोशन गाहा , विना थनेत , पदमा श्रेष्ठ गरि ३ जना, ४७ जना जिल्लाका स्थानिय पालिका एवम् वडा अध्यक्ष जनप्रतिनिधहरु र विविध विद्यामामा उत्कृष्ट हुने ४ जना गरि करिव ५४ जनालाई सम्मान गरिएको हो । नेपाल आदिवासी जनजाति महासघका पुर्व उपाध्यक्ष गोविन्द छन्त्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख वावुराम विश्वकर्मा , हुप्सेकोट गाउपालिका उपप्रमुख , विनयी त्रिवेणी गाउपालिका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि छन्त्यालले जनजाति भित्र पनि राजनिति हावी भएको भन्दै सिंगो आदिवासी जनजाति महासंघ रुख र जातिय संगठन हागा भएकाले सिंगो रुख बचाउन हागाको सहयोग हुनुपर्नेमा जोड दिए।
तसर्थ जातिय एकता टुटाउने नभई जुटाउने राजनिति कार्यान्वय गर्नुपर्ने धारणा व्यक्त गरे । कावासोती २ पानस पार्टी प्यालेस बाट सुरु भएको रयाली विपी चोक हुँदै फलफुल चोक देखि सभापति चोक हुँदै पुन पानस पार्टी प्यालेसमा आई कार्यक्रममा परिणत भएको हो । जिल्लाका १० जनजाति समुदायको जातिय भेषभुषाका साथ सहभागिता रहेको थियो । विश्व आदिवासी जनजाति दिवसको अवसरमा नवलपुर जिल्लामा सार्वजनिक विदा दिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१