
हेटौंडा । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाण्डौँ, ललितपुर र भक्तपुर बाहेक बागमती प्रदेशको १० जिल्लामा सवारी दुर्घटनाको कारण एक वर्षमा २ सय ९९ जनाको ज्यान गएको छ ।गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १० वटा जिल्लामा एक हजार ३ सय ६१ वटा दुर्घटना हुँदा २९९ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । दुर्घटनामा परी २ हजार ८ सय ९१ जना घाइते भएको प्रहरीको भनाई रहेको छ ।अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा दुर्घटना र मृतकको सख्या कम भएपनि यसलाई अझै न्यूनीकरणका उपायहरु अपनाएर घटाउनुपर्नेमा ट्राफिक प्रहरीहरुले जोड दिएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१