चितवन । आज बिहान बेनिघाट रोराङ ३ मालिङ्गामा चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको बा २१ च ६०४३ नं.को स्कारपियो अनियन्त्रित भई सडक भित्तामा ठोकिदाँ पाँच जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते हुनेहरुमा बाराको कोल्बी नगरपालिकन ४ का २८ वर्षीय प्रकाश थापा, सोही ठाउँका ५५ वर्षका भरतबहादुर भणडारी, ३० वर्षका दामोदर तिमल्सिना, ३२ वर्षका कपिल प्रसाईं र बागलुङ नगरपालिका १४ का रामचन्द्र क्षेत्री छन् ।
उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।घाइते सबैको राजमार्ग अस्पताल मलेखुमा सामान्य उपचार पछि काठमाडौं पठाइएको धादिङ प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१