
रुपन्देही । जंगली च्याउ खाँदा दाङमा एकै घरका तीन जना र पश्चिम नवलपरासीमा एकै घरका चार जना बिरामी परेका छन् ।पश्चिम नवलपरासीमा एकै परिवारका ४ जना बालबालिका जङ्गली च्याउ खाएर बिरामी परेका छन् । मंगलबार विहान बर्दघाट नगरपालिका–१४ को आवास टोलमा बस्ने बर्मा लोहारको १३ वर्षीय छोरा किसन लोहा र छोरीहरु १५ वर्षीया अनुपमा, ११ वर्षकी आचल र ९ वर्षकी अनु बिरामी भएका हुन् ।उनीहरुको उपचार शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा भइरहेको तथा बालबालिकाहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताए ।घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ । उनीहरुले कुन प्रजातिको च्याउ सेवन गरेका हुन भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।यसैगरी दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका तिनजना बिरामी परेका हुन् ।
च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मैकुटीमा बस्तै आएका ३१ वर्षका अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षकी छोरी अस्मिता सुनार जङ्गली च्याउ खाँदा बिरामी परेका हुन् ।बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको भित्ताला भन्ने जङ्गलबाट खोजेर ल्याएको नचिनेको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् । बिरामी परेकाहरूलाई वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने भएको छ । बिरामीहरूलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लगि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । उनीहरूले जङ्गली च्याउ २८ गते साँझ खाएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१