
धनगढी । भीमदत्त राजमार्ग बिहीबार (आज) ६ घण्टाका लागि बन्द गरिने भएको छ ।गत २२ साउनमा आएको पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका-४ को बुढितोलामा मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागेको जानकारी दिए ।
सुवेदीले उक्त क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने बताए ।लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१