
काठमाडौं।नेकपा (एमाले)ले पार्टीका कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको जानकारी दिएका छन् । ओलीले अब अनुहार नै छोपिने गरी खादामाला र कोटभन्दा ठुला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने बताएका छन् ।फेसबुक, ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरैजना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नुभएको थियो । हो पनि ।
तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिने गरी खादामाला र कोट भन्दा ठुला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्छ,ओलीले बुधबार राति फेसुबकमा भनेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१