
काठमाडौं।फैसला चरणमा रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ । त्यसैले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुनवाइ हुन सक्ने देखिन्छ । सन्दीपका वकिलहरु भने आजै फैसला होस भन्ने पक्षमा छन् ।
यसअघि यो बहुचर्चित मुद्दामा अनेकपटक पेसी चढेर सुनवाइ स्थगित हुँदै आएका छन् । एकपटक सुनवाइ भएर पनि न्यायधीसले हेर्दा हेर्दैमा नराखेपछि बहस रद्द भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१