
काठमाडौँ । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा सानो गोलभेडा (लोकल)को मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको जानकारी दिएको हो ।समितिले आफ्नो वेभसाइटमार्फत आज सानो गोलभेडा (लोकल)को थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको जनाएको छ । हिजो शनिबार यो गोलभेडाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ थियो । यस्तै, ठूलो गोलभेडाको मूल्य भने प्रतिकिलो ३ रुपैयाँ बढेको छ ।
यससँगै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । यस्तै, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँ छ ।यसबाहेक गाजरको मूल्य प्रतिकिलो ११५ रुपैयाँ र बन्दाको मूल्य ४५ रुपैयाँ, काउलीको मूल्य ७५ रुपैयाँ छ । यसबाहेक, सेतो मुलाको ७५ रुपैयाँ छ भने डल्लो भन्टाको थोक मूल्य ६५ रुपैयाँ प्रतितोला छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१