
काठमाडौं । काठमाडौंको स्वयम्भू वनस्थली सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।बालाजुबाट कलंकी जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा सिन्धुपाल्चोकको साँगाचोकगडीका ३२ वर्षीया अनिता थापा र अर्का एक ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१