
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् । उनको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो ।
त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१