काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्यव च्यानल सब्सक्राइब गर्न अनुरोध गरेका छन्। सामाजिक संजालमा उनले युट्युव च्यानल सेयर गर्दै आफ्ना संघर्ष र अनुभवहरू साट्नका लागि आफूले युट्युव च्यानल सुरु गरेको बताएका छन्।उनले लेखेका छन्, ‘ म दुर्गम गाउँको मध्यम वर्गीय परिवारमा जन्मिएको मान्छे। हाम्रोतिर मान्छेले सपना नै देख्दैन थिए। हाम्रा सपनाहरूलाई त्यहाँको दुर्गमताले छेकिदिन्थ्यो। तर मैले त्यस्तै परिस्थितिमा बाँचिरहन चाहिनँ। जीवनमा कहिल्यै कसैले नहिँडेका बाटोहरू हिँड्ने आँट गरेँ।

त्यो समयदेखि आजसम्म मैले गरेका संघर्षहरू धेरै छन्। तीनै संघर्षहरूका अनुभवहरू तपाईँसँग साट्नका लागि मैले युट्युव च्यानल सुरु गरेको छु। तपाईंले च्यानल सब्सक्राइब गर्नुभयो?
