
चितवन।भरतपुरको अरोमा कलेजले कक्षा १२ को व्यवस्थापनमा यस वर्ष उत्कृष्ट नतिजा ल्याएको छ ।कलेजका विद्यार्थीहरुले व्यवस्थापन संकायतर्फ हालसालै प्रकाशित कक्षा १२ को नतिजामा जिल्लाकै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका हुन् ।कलेजका कार्यक्रम निर्देशक नेत्र भुसालका अनुसार कलेजका शिशिर रानाभाटले कक्षा १२ मा व्यवस्थापन संकायतर्फ ३.८६ जीपीए ल्याएका छन् । त्यसैगरी सन्तोष भट्टराईले ३.७८ जीपीए, सुजित थापा र सुस्मिता भट्टले समान ३.७३ जीपीए ल्याएका छन् । उनीहरु चार जनानै जिल्लामा व्यवस्थापन कक्षा १२ मा पहिलो , दोस्रो र तेस्रो हुन सफल भएको भुसालले नारायणी अनलाइनलाई जानकारी दिए ।
त्यसैगरी विज्ञान संकायतर्फ कक्षा १२ मा ३.८२ जीपीए ल्याएर सुदिप खनालले कलेजमा पहिलो हुन सफल भएका छन् । सिजन खड्का र दिव्य गौतमले समान ३.८१ जीपीए ल्याएर कलेजको दोस्रो र शुभम् उपाध्याय र गंगा श्रेष्ठले ३.७५ जीपीए ल्याएर कलेजको तेस्रो भएको कार्यक्रम निर्देशक नेत्र भुसालले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१