
जनकपुरधाम । जनकपुरधामस्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयमा विद्यार्थी कुट्ने शिक्षकले क्षमा मागेपछि कारबाहीबाट बचेका छन् ।मंगलवार विद्यालयका नृत्य सिकाउने शिक्षक विशाल पासवानले कक्षा ३ मा अध्ययनरत आदिम मण्डललाई कुटपिट गरेका थिए । गालामा थप्पड हानेपछि बालक आदिमको गालामा रातो नीलडाम परेको थियो ।कुटिएपछि बालक घर पुग्दा तत्कालै आफन्त विद्यालय पुगेर होहल्ला गरेको थियो । उक्त घटना बाहिरिएपछि शिक्षकको अमानवीय हर्कत विरुद्ध धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१