कावासोती । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नवलपुरको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पालिका स्तरका अधिवेशनहरु धमाधम सम्पन्न भइरहेका छन् । जिल्लाको ८ मध्ये हाल सम्म ३ वटा पालिका कमिटीको अधिवेशन सम्पन्न भएको अनेरास्ववियु नवलपुर संयाेजक विष्णु पौडेलले बताउनुभयो ।
कावासोती, देवचुली र गैंडाकोटमा सर्वसम्मत रुपमा पालिका कमिटीहरुको अधिवेशन सम्पन्न भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार कावासोतीमा उदय कोइरालाको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा प्रज्वल बस्नेत, सचिवमा दर्शन न्यौपाने, सहसचिवमा निरज सापकोटा, कोषाध्यक्षमा पुजा तिवारी सहितको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
देवचुली नगरपालिकामा सुजल भुषाल अध्यक्ष, श्रद्धा पाण्डे उपाध्यक्ष, प्रवेश सिग्देल सचिव, प्रेरणा अर्जेल सहसचिव र सज्य आचार्य कोषाध्यक्ष सहितको नगरकमिटी गठन भएको छ । गैंडाकोट नगरपालिकामा नवीन ढकाल अध्यक्ष, ममता पाण्डे उपाध्यक्ष, दिनेश कुमार ठाडा सचिव, जमुना परियार सहसचिव र गंगा कण्डेल कोषाध्यक्ष सहितको २७ सदस्यीय नगर कमिटी गठन भएको छ ।
अनेरास्ववियु नवलपुरको २६ औं जिल्ला अधिवेशन असोज ५ र ६ गते हुदैछ । जिल्ला अधिवेशन पूर्व जिल्लाका ८ वटै पालिका र स्ववियु निर्वाचन भएका सबै क्याम्पसहरुमा अधिवेशन सम्पन्न हुने अनेरास्ववियु जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य प्रशान्त सिग्देलले बताउनुभयो ।
लामो समय देखि विवाद रहेको नवलपुर जिल्ला कमिटीलाई असोज ५ र ६ गते अधिवेशन सम्पन्न गर्नेगरी केन्द्रीय कमिटीबाट आयोजक कमिटीको घोषणा भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१