
गैँडाकोट । नवलपुरमा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । कावासोती नगरपालिका –१४, स्थित पोल्ट्री फर्ममा काम गर्ने कामदार विषालु च्याउ खाँदा बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार विषालु च्याउ खाँदा कावासोती –१४, का २३ वर्षीय पूर्णिमा परियार, सोही ठाउँका २४ वर्षीय शान्ति परियार र उहाँकी ६ वर्षीय छोरी रोशनी परियार यसगरी फर्मका सञ्चालक ४८ वर्षीय निलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् ।
उनीहरूले मंगलबार साँझ पोल्ट्री फर्म परिसरमा उम्रिएको च्याउ खाएका थिए । च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको थियो ।
च्याउ खाएर बिरामी परेका मध्य फर्मका सञ्चालक निलकण्ठ तिमिल्सिनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । अन्य तीन जना बिरामीको उपचार मध्यविन्दु जिल्ला अस्पतालमानै भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१