
कावासोती ।कावासोती नगरपालिका ६ले सिंचाई सुविधालाई निरन्ता दिएको छ । कृषी सम्भाब्यता प्रबल रहेको यस वडामा किसानको सहजता र समस्यालाई पहिचान गर्दै वडाले डिप वोरिङ निर्माण गरी सिंचाई सुविधालाई निरन्तरता दिईएको हो । वडामा सिंचाईको सुविधा नहुँदा वडावासी सधैँ आकाशे पानीको भर पर्नु पर्ने बाध्यतालाई मध्यजनर गर्दै ६० लाख बरावरको ३ वटा भुमिगत डिप वोरिङ १ करोड ८० लाखको लागतमा निर्माण गरिएको वडा अध्यक्ष याम बहादुर थापाले जानकारी दिए । बहुबर्षे योजनाअन्र्तगत निर्माण गरिएको उक्त बोरिङको बिद्युत मिटर जडान देखि निर्माण कार्य पूरा भएको अध्यक्ष थापाले बताए । बिशेषतः वडावासीमा सिंचाई सुविधाको सहज पहुचतालाई कृषकको आवश्यक सेवा उपलब्ध गराउने अभिप्रायले बहुबर्षे अन्र्तगत यस कार्यक्रमको सुरु गरिएको बताए ।
उनका अनसुार तीनवटा डिप वोरिङबाट ४५ बिगाहा क्षेत्रफल सिँचाई गर्न सकिनुका साथै ६० देखी ८० घरधुरी लाभान्वित हुने बिश्वास रहेको बताए । कृषि क्षेत्रको राम्रो सम्भावना भएतापनि सिँचाईको समस्या भोग्दै आएका वडाबासीका लागि डिप बोरिङले सहयोग पुर्याउने कावासोती ६का मनि न्यौपाने बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१