
सल्यान। सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ । आइतबार बिहान जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ्ग तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो । घटनामा मानविय क्षति नभएपनि धेरै यात्रुहरु घाइते भएको स्थानीयको भनाइ छ । स्थानीयले घाइतेहरुको उद्दार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घटना स्थलमा उद्धारको काम भैरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१